बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

बार्सा नेपाल । बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । केहीबेरअघि रोमाको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना घरेलु टिमसँग ३–० गोलले पराजित भएको हो ।

अघिल्लो लेगमा ४–१ गोलको अग्रता लिएको भए पनि बार्सिलोनाले दोस्रो लेगमा खराब प्रदर्शन गरेपछि रोमा समग्र गोलको आधारमा अवे गोलको आधारमा पराजित गरेको हो ।

खेलको सुरुदेखि नै रोमाले दवाव सृजना गरेको थियो । खेलको छैटौं मिनेटमा नै डी रोसीको पासमा इडेन जेकोले गोल गरे । त्यस्तै ५८ औं मिनेटमा डी रोसीले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ८२ औं मिनेटमा मानोलासले कर्नर बलमा गोल गर्दै खेल ३–० गोलले पराजित गरेको हो ।

खेलमा बार्सिलोनाले बल पोसेसन गुमाएको थियो । विशेष गरेर मिडफिल्डमा बार्सिलोना कमजोर देखिएको थियो ।

रोमाले ७ वटा बल टार्गेटमा हानेको थियो भने बार्सिलोनाले मात्र २ वटा प्रहार फ्रेममा हानेको थियो ।

रोमाको यो सानदार कमब्याक हो ।  रोमाले यसअघि १९८३–८४ को सिजनमा मात्रै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको थियो ।

११ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: भ्यालेन्सियसँगको खेलमा इतिहास रच्ने दाउमा बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here