MATCH DAY: रोमाबिरुद्ध बार्सिलोना, युसेबियो भन्छन्: दोस्रो लेग बार्साको लागि गाह्रो

बार्सा नेपाल । बुधबार बिहान साढे १२ बजे हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा रोमाबिरुद्ध बार्सिलोना भिड्दैछन् । रोमाको घरेलु मैदान ओलम्पिको रंगशालामा हुने खेलको लागि बार्सिलोना सोमबार इटाली पुगेको हो । २१ जनाको खेलाडी सहित बार्सिलोना रोमा पुगेको हो ।

रोमाको घरेलु मैदानमा हुने खेलको लागि प्रशिक्षक अर्नेष्टो भालभर्डे आत्मविश्वासी देखिएका छन् । यद्यपी रोमा बलियो टिम भएकोले टिम सम्हालिएर खेल्नुपर्ने उनको भनाई छ । उता रोमाका प्रशिक्षक युसेयिबो डी फ्रान्सिस्कोले पहिलो लेगमा रेफ्रिको कारण बार्सिलोनाले जितेको भन्दै दोस्रो लेगको नतिजा त्यस्तो नहुने उनको भनाई छ । उनले घरेलु समर्थकको साथमा रोमाले सुखद नतिजा ल्याउने उनको भनाई छ ।

बार्सिलोना र रोमाबीच भएको अन्तिम ५ च्याम्पियन्स लिगमा बार्सिलोनाले ३ खेलमा जित, १ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको छ । सन् २००२ फेब्रुअरी २० मा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यस्तै सोही समयको दोस्रो लेगमा रोमाले घरेलु मैदानमा बार्सिलोनालाई ३–० गोलले हराएको थियो ।

सिजन २०१५र१६ को च्याम्पियन्स लिगमा पहिलो लेगमा बार्सिलोना र रोमा १–१ गोलको बराबरीमा रोकिएको थियो भने दोस्रो लेगमा घरेलु मैदानमा बार्सिलोनाले ६–१ गोलको जित निकालेको थियो । त्यस्तै यसै सिजनको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाले रोमालाई ४–१ गोलले पराजित गरेको हो ।

१० अप्रिल २०१८ मा प्रकाशित

बार्सासँग ४–१ गोलले हारेपछि रोमाका प्रशिक्षकद्वारा रेफ्रिलाई दोष

रोमासँगको खेलमा बार्सिलोनाका कुन खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here