फ्लोरेन्जीको गोलले मलाई बलियो बनायोः टेर स्टेगन

बार्सा नेपाल । बार्सिलोनका गोलकिपर टेर स्टेगनले फ्लोरेन्जीको लङ्ग रेन्ज गोलले आफू अझै बलियो भएको बताएका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगको पत्रकार सम्मेलनमा कुरा गर्दै उनले भने ‘एलेक्स्यान्ड्रो फ्लोरेन्जीले लगभग मध्य भागबाट हानेको गोलले म निकै सचेत भएको छु, जसले मलाई बलियो पनि बनाएको छ, तर कमजोर भने बनाएको छैन ।’

फुटबल खेल आफूले सोचेकोजस्तो नहुने भन्दै उनले भने ‘त्यो गोल मैले सोचेको जस्तो थिएन । हामीले रोमामाथि दवाव सिर्जना गर्दै गर्दा म पनि अगाडि बढे सोही समयमा लङ्ग रेन्ज गोल खान पुग्यौं ।’

उता प्रशिक्षक भालभर्डेले भने आफूहरु रोमाले गर्नसक्ने कमब्याकबारे सचेत रहेको बताएका छन् । रोमा बलियो टिम भएको कारणले गर्दा घरेलु मैदानको फाइदा उठाउँदै रोमाले कमब्याक गर्न सक्ने भन्दै त्यसको लागि बार्सिलोना तयार रहेको उनको भनाई थियो ।

यद्यपी पहिलो लेगमा बार्सिलोना ४–१ गोलले अगाडि रहेको छ ।

१० अप्रिल २०१८ मा प्रकाशित

MATCH DAY: रोमाबिरुद्ध बार्सिलोना, युसेबियो भन्छन्: दोस्रो लेग बार्साको लागि गाह्रो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here