यी हुन् टेर स्टेगनका रोजाईका ५ उत्कृष्ट गोलकिपर

बार्सा नेपाल । बार्सिलोनाका मुख्य गोल किपर टेर स्टेगनले वर्तमान अवस्थामा सबैभन्दा राम्रा पाँच गोलकिपरबारे बताएका छन् । रोमासँग च्याम्पियन्स लिगको क्वार्टरफाइनल अन्तर्गतको दोस्रो लेग अघि उनले हाल राम्रा खेलीरहेका गोलकिपरहरुबारे बताएका हुन् ।

उनका अनुसार म्यान्चेस्टर युनाइटेडका डेभिड डे गेया, म्यान्चेस्टर सिटीका एडर्सन, बार्यन म्युनिखका म्यानुअल नोयर, युभेन्टसका जियानलुगी बुफोन तथा रोमाका एलिसन उत्कृष्ट फर्ममा रहेको बताएका हुन् ।

‘यी मध्ये कुन चाँही असाध्यै राम्रो हो त्यो चाँही भन्न सक्दिन तर, यी सबै किपरहरु राम्रा छन् । साथै अन्य क्लबमा पनि राम्रा गोलकिपर छन् । उनीहरुको आ–आफ्नै विशेषता छन् ।’ टेर स्टेगनको भनाई थियो ।

तर, टेर स्टेगनले ला लिगाका क्बलका गोलकिपरहरुको नाम भने लिएनन् ।

१० अप्रिल २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here