‘रोनाल्डो बार्सिलोनाबाट इन्टर मिलानको बाटो हुँदै रियल मड्रिड गएका थिए’

बार्सा नेपाल । बार्सिलोना छोडेको दुई दशकपछि ब्राजिलियन रोनाल्डो नाजारियोले आफूले किन बार्सा छोड्नुपरेको बताएका छन् ।

उनले आफ्नो र नेयमारको बार्सिलोना बसाइ उस्तै रहेको बताएका हुन् । इन्टर टिभीसँग कुरा गर्दै उनले बार्सिलोनमा छँदा क्लबसँग थप सम्झौता गर्न चाहेको तर उक्त सम्झौतामा बार्सिलोनाको बोर्डसँग कुरा नमिलेपछि आफू इन्टर मिलान आएको उनको भनाई थियो ।

नेयमार र बार्सिलोनाबीचको भित्री कुरा थाहा नभए पनि लगभग एकै प्रकृतिको घटनाको कारण दुबैले बार्सिलोना छोडेको कुरा उनले सार्वजनिक गरेका छन् । त्यस्तै, उनले टेलिभिजनसँगको कुराकानीमा ड्यानी आल्भेज र बोर्डबीचको कुरा पनि जोडेका थिए ।

यद्यपी बार्सिलोना बोर्डले नेयमारले अनावश्यक रुपमा बोर्डसँग निहुँ खोजेको आरोप लागउँदै आएको छ ।

सन् १९९६ मा पीएसभीबाट बार्सिलोना आएका उनले एक सिजनमात्रै बिताए । उनले बार्सिलोनाबाट ३७ खेल खेले जसमा ३४ गोलको योगदान पनि गरे । त्यसपछि उनी १९९७ मा इन्टर मिलान गएका थिए ।

इन्टर मिलानबाट उनी सन् २००२ मा बार्सिलोनाको चिरप्रतिद्धन्द्धी क्लब रियल मड्रिड आएका थिए । उनले मड्रिडमा ५ सिजन बिताए । तर उनी रियलमा गएपछि बार्सिलोनामा जस्तो खेल खेल्न पाएका थिएन् र प्रदर्शन पनि उच्च थिएन ।

९ अप्रिल २०१८ मा प्रकाशित

नेयमार मेसीजस्तो, कोउटिन्हो रोनाल्डोजस्तोः पेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here