रोमासँगको खेलको लागि २१ जना खेलाडी इटाली जाने

बार्सा नेपाल । रोमासँगको खेलको लागि बार्सिलोनाको २१ जना खेलाडीहरु इटाली जाने भएका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगको लागि बार्सिलोनाको टिम रोमा जान लागेको लागेको हो । रोमाको घरेलु मैदान ओलम्पिको रंगशालमा अप्रिल ११ तारिखको राति साढे १२ बजे (नेपाली समयअनुसार) उक्त खेल हुँदैछ ।

यसअघि बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोना ४–१ गोलले विजयी भएको थियो ।

उक्त खेलमा प्रशिक्षक अर्नेष्टो भालभर्डेको रोजाइमा टेर स्टेगन, ज्यास्पर सिलेसन, ओर्तोला (३१), सेमेडो, पिके, राकेटिच, बुस्क्वेट्स्, डेनिस, इनियष्टा, स्वारेज, मेसी, डेम्बेले, पाउलिन्हो, पाको अल्कासर, जोर्डी अल्बा, सर्जि रोबर्टो, आन्द्रे गोमेज, भिडाल, उम्टीटी, यारी मिना तथा भर्माइलिन परेका छन् । लुकास डिने चोटको कारण आराम गरिरहेका छन् भने कोउटिन्होले लिभरपुलबाट खेलिसकेको कारण यस सिजनको च्याम्पियन्स लिग गुमाउनेछन् ।

खेलाडी घोषणअघि बार्सिलोनाको टिमले टिटो भिलानोभा पिचमा अभ्यास खेल खेलेको थियो । बार्सिलोना रोमासँगको खेलको लागि सोमबार इटाली प्रस्थान गर्नेछ ।

९ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: रोमाबिरुद्ध बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here