नेयमार मेसीजस्तो, कोउटिन्हो रोनाल्डोजस्तोः पेल

बार्सा नेपाल । ब्राजिलियन फुटबल हस्ती पेलेले नेयमार र कोउटिन्होको खेल कौशलको बारेमा मुख खोलेको छन् । नेयमारको खेल्ने शैली मेसीसँग मिल्ने बताएका छन् । इएसपीए ब्राजिलसँग कुरा गर्दै पेलेले भनेका छन् ‘नेयमारलाई बार्सिलोनाका मेसी तथा रियल मड्रिडका रोनाल्डोसँग तुलना गरिन्छ तर, वास्तबमा उनी मेसीजस्तै खेलछन् ।’

नेयमारको गोल गर्ने शैली मेसीको जस्तै छ साथै अन्य खेलाडीहरुलाई गोल गर्ने अवसर पनि मिलाईदिन्छन् । तर कोउटिन्होको खेलशैली रोनाल्डोको जस्तो रहेको उनको भनाई थियो ।

नेयमार मेसीजस्तै प्लेमेकर जस्तै रहेको र कोउटिन्होमा भने रोनाल्डोको जस्तै गोल गर्ने क्षमता रहेको उनको भनाई थियो ।

बार्सिलोना छोडेर गएका नेयमार बिगत केही महिनादेखि चोटको कारण मैदान बाहिर आराम गरेर बसिरहेका छन् भने कोउटिन्हो लिभरपुलबाट बार्सिलोना आएर राम्रो खेल खेलिरहेका छन् ।

९ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: रोमाबिरुद्ध बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here