बार्सासँग ४–१ गोलले हारेपछि रोमाका प्रशिक्षकद्वारा रेफ्रिलाई दोष

बार्सा नेपाल । बार्सिलोनासँगराम्रो खेल प्रस्तुत गर्न नसकेपछि इटालियन क्लबका रोमाका प्रशिक्षकयुसेबियो डी फ्रान्सेस्कोले रेफ्रिलाई दोष लगाएका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेग नजिकिँदै गर्दा संचारमाध्यमहरुसँग कुरा गर्दै युसेबियोले रेफ्रिले बार्सिलोनाको पक्षमा खेल खेलाएको आरोप लगाएका हुन् । बार्सिलोनाले घरेलु मैदानमा रोमालाई ४–१ गोलले परास्त गरेको थियो । सोही खेललाई लिएर उनी उत्तेजित भएका हुन् । खेल सकिएपछिको पत्रकार सम्मेलनमा भने उनले रेफ्रिको भूमिकाबारे बोलेका थिएनन् ।

दोस्रो लेगको बारेमा प्रतिक्रिया दिँदै उनले पहिलो लेगमा जे भए पनि दोस्रो लेगमा घरेलु समर्थकबीच बार्सिलोनालाई कडा टक्कर दिनेरोमाको तयारी छ । उनको भनाई थियो ‘टोलीले पहिलो लेगमा सोचे अनुरुप खेल्न सकेन तर, दोस्रो लेगमा भने घरेलु मैदानमा खेल अर्कै हुन्छ ।’

त्यसोत बार्सिलोनाको लागि रोमा कुनै नौलो टिम होइन । रोमासँग बार्सिलोनाले राम्रो नतिजा निकालेको छ । सिजन २०१५–१६ को च्याम्पियन्स लिगको पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिए पनि दोस्रो लेगमा बार्सिलोनाले रोमालाई ६–१ गोलको भारी अन्तरले पराजित गरेको थियो ।

बार्सिलोना भने रोमासँग हुने दोस्रो लेगको लागि सोमबार इटाली प्रस्थान गरेको छ । खेल बुधबार बिहान साढे १२ बजे (नेपाली समय अनुसार) सुरु हुनेछ । पहिलो लेगमा ४–१ गोलको अवस्थामा रहेकोले बार्सिलोनाले केही मुख्य खेलाडीहरुलाई आराम दिने सम्भावना रहेको छ ।

९ अप्रिल २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here