युरोपियन गोल्डेन बुट तथा पीपीची रेसमा मेसीको अग्रता

बार्सा नेपाल । लियोनल मेसीले लेगानेसबिरुद्धको खेलमा ह्याट्रिक हानेसँगै उनी ‘यूरोपियन गोल्डेन सु’ रेसमा अगाडि आइपुगेका छन् । लेगानेसबिरुद्ध ३ गोल गरेपछि मेसीको गोलसंख्या २९ पुगेको छ ।

यसभन्दा अगाडि लिभरपुलका मोहम्मद सलाह मेसीभन्दा अगाडि थिए । सलाहको पनि गोलसँख्या २९ नै रहेको छ । मर्सीसाइड डर्बी भिडन्त चोटको कारण सलाहले गुमाएका थिए । लिभरपुलले एभर्टनसँग शनिबार राति गोल रहित बराबरी खेलेको थियो ।

त्यस्तै, लात्सियोका सिरो इमोबाइल तथा बार्यनका रोबर्ट लेवान्डोस्कीको गोलसंख्या २६ छ ।

घरेलु लिग ला लिगाको पीचीपी उपाधिमा पनि मेसी अगाडि रहेका छन् । उनीभन्दा पछाडी बार्सिलोनाका लुईस स्वारेज तथा रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनीहरुको समान २२ गोल रहेको छ ।

बार्सिलोनाबाट मेसीको ४० ह्याट्रिक

लेगानेसबिरुद्ध पनि ह्याट्रिक हानेपछि बार्सिलोनाबाट मेसीको ह्याट्रिकसंख्या ४० पुगेको छ । मेसीले २९ वटा ह्याट्रिक लिगमा हानेका हुन् ।

फ्रि–किक मास्टर

मेसीले जारी सिजनमा ६ वटाक फ्रि–किक गोल गरेका छन् । यसअघि सिजन २००२–२००३ मा बार्सिलोनाका रोनाल्डिनोले ६ गोल फ्रि–किक मार्फत गरेका थिए ।

८ अप्रिल २०१८ मा प्रकाशित

इन्रिके र भालभर्डेको बार्सिलोनाद्वारा सोसिडाडको ऐतिहासिक रेकर्ड बराबरी (३८ खेलको नतिजा सहित)

लेगानेससँगको खेलमा बार्सिलोनाका खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here