लेगानेससँगको खेलमा बार्सिलोनाका खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । लियोनल मेसीको ह्याट्रिकमा बार्सिलोनाले लेगानेसलाई ३–१ गोलले पराजित गरेको छ । लेगानेसलाई पराजित गरेसँगै बार्सिलोनालेले रियल सोसिडाडको रेकर्ड मात्रै बराबरी गरेको छैन जारी सिजनको घरेलु लिगको उपाधिको नजिक पनि पुगेको छ ।

यहाँ हामीले लेगानेसलाई परास्त गर्दा बार्सिलोनाका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा रेटिङ्ग तयार पारेका छौं ।
रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन ६.५

लेगानेसँगको खेलमा टेर स्टेगनले खासै काम पाएनन् । लेगानेसले जम्मा २ वटा बल मात्रै फ्रेममा हानेको थियो । जसमध्ये १ वटा टेर स्टेगनले ब्लक गरे भने एउटा डिफ्लेक्सन गोल भयो ।

नेल्सन सेमेडो ७

सेमेडो यो निरन्तर दोस्रो सुरुवात हो । लेगानेससँगको खेलमा पनि उनको योगदान उच्च रह्यो ।

जेरार्ड पिके ६.५

लेगानेसले बार्सिलोनाको डिफेन्स लाईनलाई दवावमा राख्न सकेन । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको पाहुना टिमले ७ वटा प्रहार फ्रेमबाहिर हान्दा बार्सिलोनाको डिफेन्स बलियो भएको देखिन्छ ।

थोमास भर्माइलिन

भालभर्डेले उम्टीटीलाई आराम दिँदा भर्माइलिन आफ्नो काममा फर्किए । उनी मैदानमा सफल देखिए । विशेष गरेर दोस्रो हाफमा उनी बढी व्यस्त भए ।

सर्जि रोबर्टो ७

रोबर्टोलाई जोर्डी अल्बाको ठाउँमा खेल्न लगाइएको थियो । उनी सो स्थानबाट सफल देखिएका थिए । ६८ औं मिनेटमा लेगानेसले गोल खाँदा रोबर्टोको डिफ्लेक्सन टेर स्टेगनले बल रोक्न सकेकन् । तर प्रयास भने गरेका थिए ।

ओस्माने डेम्बेले ६

लियोनल मेसीले ८७ औं मिनेटमा गरेको गोलमा उनको एसिस्ट् रह्यो । त्यो भन्दा बाहेक उनले स्मरण गर्न लाहेक केही मुभभन्दा बढी योगदान दिन सकेनन् ।

आन्द्रे गोमेज ७

सदाभन्दा गोमेज लेगानेससँगको खेलमा बढी प्रभावकारी देखिए । उनी आफ्नो स्थानमा सफल पनि देखिए ।

इभान राकेटिच ७

बुस्क्वेट्सको अभाव पुर्ति गर्ने जिम्मा राकेटिचलाई दिइएको थियो । उनले गोमेजसँग तालमेल मिलाएर खेले । उनले भालभर्डेको रणनीतिलाई अवलम्बन गरे ।

फिलिप कोउटिन्हो ७

कोउटिन्होले मेसीको दोस्रो गोलमा एसिस्ट् गरे । खेलमा उनको पास तथा रन राम्रो थियो ।

लियोनल मेसी ९.५

ह्याट्रिक पुरा गरेका मेसीले खेलमा प्राप्त अवसरहरुलाई गोलमा परिणत गर्ने प्रयास गरे । विपक्षीहरुको घरेमा परेर पनि मेसीले राम्रा मुभहरु बनाए ।

लुईस स्वारेज ६

स्वारेजले केही गोल गर्ने अवसरहरु खेर फाले । समग्रमा लेगानेसँगको खेल उनको लागि फलदायी रहेन ।

बैकल्पिक खेलाडीहरु

जोर्डी अल्बा ६

आन्द्रेज इनियष्टा ७

लेगानेसका खेलाडीहरु

  • क्युलिअर ६
  • जाल्डुवा ७
  • बुस्टिन्जा ६
  • सियोभास ५
  • राहुल ६
  • रामोस ६
  • पियर्स ७
  • पेरेज ७
  • एल जायर ७
  • इरासो ५
  • अम्राबाट ५
  • (बयिोभी ५)

८ अप्रिल २०१८ मा प्रकाशित

युरोपियन गोल्डेन बुट तथा पीपीची रेसमा मेसीको अग्रता

NEXT MATCH: रोमाबिरुद्ध बार्सिलोना

इन्रिके र भालभर्डेको बार्सिलोनाद्वारा सोसिडाडको ऐतिहासिक रेकर्ड बराबरी (३८ खेलको नतिजा सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here