मेसीको ह्याट्रिकमा बार्सिलोनाद्वारा रियल सोडिसाडको अपराजित यात्राको रेकर्ड बराबरी

बार्सा नेपाल । बार्सिलोनाले रियल सोसिडाडले सिजन १९७८–७९ देखि १९७९–८० मा राखेको लगातार ३८ खेलमा अपराजित यात्राको रेकर्ड बराबरी गरेको छ । केहीबेरअघि घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ गोलले पराजित गरेसँगै सोसिडाडको रेकर्ड बराबरी भएको हो ।

खेलमा लियोनल मेसीले ह्याट्रिक गरेका हुन् । मेसीले खेलको २७ औं, ३२ तथा ८७ औं मिनेटमा गोल गरेका हुन् ।

मेसीले पहिलो गोल फ्रि–किकमार्फत गरेका हुन् भने द्रोस्रो गोलको लागि फिलिप कोउटिन्हो तथा तेस्रो गोलको लागि ओस्माने डेम्बेलेले गोल गरेका हुन् ।

लेगानेससँगको फ्रिकिकसँगै मेसीले जारी सिजनमा ६ वटा फ्रिकिक गोल गरिसकेका छन् । यसअघि २००२–०३ को सिजनमा बार्सिलोनाका रोनाल्डिनोले ६ गोल फ्रि–किकमार्फत गरेका थिए ।

खेलको ६९ औं मिनेटमा लेगानेसका नाबिल एल जारले गोल गरेर खेलमा फर्कने संकते गरेका थिए । तर, बार्सिलोनाको अघि टोली निरिह बन्यो ।

सोसिडाडसँगको ह्याट्रिकसँगै जारी सिजनमा मेसीको गोलसंख्या २९ पुगेको छ । दोस्रो स्थानमा बार्सिलोनाकै लुइस स्वारेज छन् भने तेस्रो स्थानमा रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनीहरु दुबैको समान २२ गोल रहेको छ ।

जितसँगै घरेलु लिग ला लिगामा ३१ खेलेको बार्सिलोनाले ७९ अंक जोडेको छ ।

८ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: रोमाबिरुद्ध बार्सिलोना

इन्रिके र भालभर्डेको बार्सिलोनाद्वारा सोसिडाडको ऐतिहासिक रेकर्ड बराबरी (३८ खेलको नतिजा सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here