MATCH DAY: लेगानेससँगको खेल ऐतिहासिक रेकर्ड बराबरी गर्ने अवसर

बार्सा नेपाल । बार्सिलोनाले आइतबार बिहान साढे १२ बजे (नेपाली समयअनुसार) घरेलु लिग ला लिगा अन्तर्गतको ३१ औं लेगानेस बिरुद्ध खेल्दैछ ।

घरेलु मैदान क्याम्प नाउमा हुने उक्त बार्सिलोनाको लागि विशेष हुनेछ । बार्सिलोनाले खेलमा लेगानेसलाई पराजित गरेमा वा बराबरी मात्रै खेलेमा रियल सोसिडाडले सन् १९७८–७९ देखि १९७९–८० मा ३८ खेलसम्म अपराजित रहेको रेकर्ड बराबरी गर्नेछ ।

खेलाडी सूची

चोटको कारणले सर्जियो बुस्क्वेट्स र लुकास डिने १८ जनाको सूचीमा परेका छैनन् । त्यस्तै यारी मिना र एलेक्सिस भिडाल पनि प्रशिक्षको रोजाइको कारण टिममा परेका छैनन् ।

प्रशिक्षकको भनाई

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले लेगानेसले यो सिजन राम्रो खेलेको बताएका छन् । उनीहरु काउन्टर अट्याकमा निकै राम्रो टिम रहेकोले त्यसको समाधान बार्सिलोनाले गर्नुपर्ने उनको भनाई छ । आफूहरु रियल सोसिडाडसँगको रेकर्ड बराबरी गर्नेभन्दा पनि स्पष्ट तीन अंकको लागि खेल्ने उनको भनाई थियो । शुक्रबार बेलुका भएको पत्रकार सम्मेलनमा उनले सो रेकर्ड कायम गर्न सके राम्रो हुने उनको भनाई थियो ।

यस सिजनको पहिलो चरणको खेल

यसअघिको पहिलो चरणको खेलमा बार्सिलोनाले लेगानेसलाई उसैको घरेलु मैदानमा ३–० गोेलले पराजित गरेको थियो । उक्त खेलमा लुइस स्वारेजले २८ औं तथा ६० औं मिनेटमा तथा पाउलिन्होले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

अंक तालिका

लिगमा ३० खेल खेलेको बार्सिलोनाले ७६ अंक जोडेर शिर्ष स्थान कायम नै राखेको छ भने समान खेल खेलेको लेगानेस ३६ अंक जोडेर लिगको १४ औं स्थानमा रहेको छ ।

७ अप्रिल २०१८ मा प्रकाशित

रोमासँगको खेलमा क्याम्प नाउमा उडेको पँहेलो बेलुनको अर्थ के ? (जान्नैपर्ने कुरा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here