बार्साले गार्ड अफ अर्नर पाउँदैनः जिदान, भालभर्डे भन्छन्ः मलाई यस्तो कुराको मतलब छैन

बार्सा नेपाल । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले एल क्लासिको अघि नै बार्सिलोनाले उपाधि सुरक्षित गरेमा रियलले ‘गार्ड अफ अर्नर’ नदिने बताएका छन् । मड्रिड डर्बीको तयारीमा रहेका प्रशिक्षक जिदानले संचारमाध्यामहरुसँग कुरा गर्दै बार्सिलोनाले नै उक्त परम्परा तोडेको भन्दै रियलले क्याम्प नाउमा गार्ड अफ अर्नर नदिने बताएका हुन् ।

ला लिगाको जारी सिजनको पहिलो लेगमा रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा बार्सिलोनाले रियलले क्लब वल्र्डकप जितेकोमा गार्ड अफ अर्नर नदिएको भन्दै बार्सिलोनाले पनि गार्ड अफ अर्नर नपाउने बताएका हुन् ।

उता बार्सिलोनाका प्रशिक्षकले भने आफू गार्ड अर्नरको पछि नलागेको बताएका छन् । ‘केही वषअघि रियलले केही वर्षअघि नै गार्ड अफ अर्नर दिइसकेको छ । क्याम्प नाउमा रियलले बार्सिलोनालाई गार्ड अफ अर्नर दिएमा वा नदिएमा केही फरक पर्दैन’ उनले पत्रकारहरुसँग भने ‘म त्यस्ता कुराहरुमा भन्दा पनि क्लबको सफलताको पक्षमा छु ।’

लिगमा ३० खेल खेलेको बार्सिलोनाले ७६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६७ अंक तथा तेस्रो स्थानमा रहेको रियल मड्रिडको ६३ अंक छ । आइतबार मड्रिड डर्बी हुँदैछ र लिगको ३५ औं खेलमा बार्सिलोना र रियल मड्रिड जारी सिजनको ला लिगाको दोस्रो चरणको खेल खेल्दैछन् ।

७ अप्रिल २०१८ मा प्रकाशित

‘मेसी किलर हो, उसको महानतामा त म पाँच हजार शब्द सरर लेख्न सक्छु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here