‘मेसी किलर हो, उसको महानतामा त म पाँच हजार शब्द सरर लेख्न सक्छु’

जेरार्ड पिके, डिफेन्डर, बार्सिलोना

बार्सा नेपाल । फुटबलरको जीवनमा धेरै यस्ता घटना हुन्छन् जसले भाग्यमा विश्वास गर्न बाध्य पारिदिन्छ । त्यसपछि दिनहरु कसरी फेरिए । तर, त्यो तपाईँले समाचारमा नपढेको भिन्न कुरो थियो ।

समाचारमा कुराहरु सामान्य लाग्छन् । तर, वास्तविक जीवनमा घटेका कुराहरु सतहमा आएको भन्दा भिन्न हुन्छन् ।
उदाहरणका लागि मानिसहरु मलाई सोध्ने गछन्, यत्रो समय मेसीसँगै खेल्न पाउँदा कस्तो लाग्छ ? एक वाक्यमा यो प्रश्नको जवाफ दिँदा म भन्ने गर्छु, ऊ एलियन हो ।

मेसी यो पृथ्वी भित्रको प्राणी होइन । मलाई बच्चा बेलाको सम्झना हुने एक मात्र खेलाडी पनि मेसी नै हो । हामी १३ वर्षजतिको हुँदा मेसीलाई देखाएर भन्थ्यौँ, यो केटो अन्तैबाट आएको हो । मान्छेजस्तो पनि छैन ।

मेसी किलर हो । ऊ मैले अहिलेसम्म देखेको महान मान्छे हो । तर उ त्यस्तो देखिने व्यवहार गर्दैन । मान्छेहरु सोध्छन्, मेसीले मैदानमा हुँदा गरेको अविश्वसनीय काम के हो ? अनि उनीहरुको उत्तरको अपेक्षा हुन्छ, मेसीले ३/४ जना डिफेन्डरलाई छलाएको कुरा भनोस् । त्यस्तो भन्ने हो भने त कति छ कति ।

तर, ऊ यो पृथ्वीबाट होइन भन्नुको कारण उसँग बल नहुँदा देखिन्छ । तपाईँ त्यो कुरा टेलिभिजनमा देख्न सक्नुहुन्न । म मैदानमा त्यो देख्छु । डिफेन्डरबाट बल खोस्न उसको अनुहारमा भएको व्यग्रता र उत्साह अनौठो हुन्छ । उसको आँखामा जे देखिन्छ त्यो मैले अरु फुटबलरको आँखामा देखेको छैन । यसैले उनलाई महान बनाएको छ ।

मेसी चमत्कारमा विश्वास गर्दैन । एकपछि अर्को सुधार गरिरहेको हुन्छ । उसको महानता बल आफ्नो नियन्त्रणमा राख्ने बेला देखिन्छ ।

सायद यो त्यति ठूलो हेडलाइन होइन । तर जब म मेसीको सच्चा जादु देख्छु, त्यो यु ट्युबमा खोजेर पनि भेटिने कुरा होइन । यो आँखाको सुक्ष्म हेराइमा मात्र देखिन्छ । उसको महानतामा त म पाँच हजार शब्द सरर लेख्न सक्छु ।

द प्लेयर्स ट्रिब्यूनमा प्रकाशित पिकेको लेखको अंश

७ अप्रिल २०१८ मा प्रकाशित

मेसी उत्कृट फुटबलर हो भनेर प्रमाणित गर्न आवश्यक छैनः म्याराडोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here