बार्सा बी लियोनिसासँग पराजित, रेलिगेशनमा पर्ने सम्भावना बढ्यो

बार्सा नेपाल । बार्सिलोना बीले घरेलु मैदान मिनी स्टेडियममा सेगुन्डा डिभिजन अन्तर्गतको खेलमा हार व्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा लियोनिसाले बार्सा बीलाई १–० गोलले हराएको हो ।

घरेलु टिम बिरुद्ध लियोनिसाले खेलको पाँचौं मिनेटमानै अग्रता लिएको थियो ।

खेलको ३९ औं मिनेटमा लियोनिसाका एन्टोनियो मार्टिनेजले सिधा रेडकार्ड खाएर १० खेलाडीमा सीमित हुँदा पनि बार्सा बीले कमब्याक गर्न नसकेको हो ।

लाईन अप

जारी सिजनमा बार्सा बीको प्रदर्शन खराब रहेको छ । २२ टिम रहेको सेगुन्डा डिभिजनमा बार्सिलोना बीले ३४ खेल खेल्दा मा ३७ अंक जोडेर लिगको १८ औैं स्थानमा छ । लिगमा जम्मा ८ खेलमा जित, १३ खेलमा बराबरी तथा १३ खेलमा नै हार व्यहोर्दा बार्सा बी यस सिजन रेलिगेसनमा पर्ने सम्भावना बढेको छ ।

७ अप्रिल २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here