रोमासँगको खेलमा क्याम्प नाउमा उडेको पँहेलो बेलुनको अर्थ के ? (जान्नैपर्ने कुरा)

बार्सा नेपाल । बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा घरेलु मैदान भएको खेलको फाइदा उठाउँदै दर्शकहरुलाई प्रशस्तै पँहेलो बेलुनहरु बाँड्यो । खेलको १९ औं मिनेट चलिरहँदा एक्कासी ति बेलुनहरु उड्न थाले, केही मैदानमा पनि आइपुग्यो । मैदानमा बेलुनहरु आइपुगिसकेपछि केही सेकेन्डको लागि खेल पनि रोकियो ।

किन बार्सिलोनाले सो पँहेलो रंगको बेलुनहरु उडायो भन्ने प्रश्नको उत्तर धेरैलाई थाहा नहुन सक्छ । बार्सिलोना क्लब स्पेनको क्याटालोनियको प्रतिनिधि गर्ने क्लब हो । क्याटालोनियालाई स्वतन्त्र बनाउने प्रयास स्वरुप स्पेनको सरकारबिरुद्ध क्लबले धेरै महत्वपूर्ण भूमिका खेलेको छ । सोही क्याटालोनियाको स्वतन्त्रताको लागि लड्दै गर्दा क्याटालोनियाका नेताहरु जेल चलान भएका छन् त कतिपयलाई देश निकाला नै गरिएको छ । सोही नेताहरुको रिहाइको लागि उक्त पँहेलो रंगको बेलुनहरु खेलको उक्त समयमा उडाइएको हो । पँहेलो रंगले क्याटालोनियको प्रतिनिधित्व पनि गर्छ । सोही कारण बार्सिलोनाको जर्सीमा पनि पँहेलो रंगको प्रयोग गरिएको हुन्छ ।

यद्यपी खेल नै स्थगित हुने गरि बेलुनहरु उडेपछि यूइएफले यसबारेमा शुष्म अध्यायन गरिहेको छ । बार्सिलोना भने सो कार्यले केही सकेन्डमात्रै खेल रोकिएकोले कारबाहीमा नपरिने जनाएको छ ।

लास पाल्माजसँग खाली रंगशालमा खेलेको खेल

बार्सिलोनाले गत वर्षको अक्टोबर १ तारिखमा लास पाल्माजसँग रंगशालाको प्याराफिट खाली गराएर खेल खेलाएको थियो । स्पेन सरकारले क्याटालोनियाको स्वतन्त्रताको लागि प्रदर्शनमा उत्रेहरुलाई दमन गरेको बिरोधमा बार्साले बिरोधस्वरुप रंगशाला खाली गराएर खेल खेलेको थियो । उक्त खेल सुरु हुनुपूर्व क्याम्प नाउ छिर्ने गेटहरु बन्द गरिएको थियो भने रंगशाला बाहिर भने दशौं हजार दर्शकहरुले स्पेन सरकारको ज्याजतीबिरुद्ध प्रदर्शन गरिरहेका थिए ।

६ अप्रिल २०१८ मा प्रकाशित

यी १० कारण बार्सिलोनाले यो सिजन पनि ‘ट्रेबल’ भित्र्याउन सक्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here