यी १० कारण बार्सिलोनाले यो सिजन पनि ‘ट्रेबल’ भित्र्याउन सक्ने

बार्सा नेपाल । बार्सिलोना यो सिजन यूरोपियन क्लबहरुमध्ये सबैभन्दा सुखद नतिजा ल्याउने क्लबमा पर्छ । बार्सिलोनाले यस सिजन घरेलु लिग ला लिगा तथा च्याम्पियन्स लिगको कुनै पनि खेलमा हार व्यहोरेको छैन भने कोपा डेल रेको १ खेलमा मात्रै हार व्यहोरेर फाइनलको यात्रा तय गरिसकेको छ ।

बार्सिलोनाले यसअघि सन् २००८/०९ को सिजन तथा २०१४/१५ को सिजनमा पनि ट्रेबल जितिसकेको छ । यहाँ हामीले बार्सिलोनाले यस सिजन ‘ट्रेबल’ अर्थात तीन वटा महत्वपूर्ण ट्रफीहरु (ला लिगा, च्याम्पियन्स लिग तथा कोपा डेल रे) जित्ने १० वटा आधारहरु प्रस्तुत गरेका छौं ।

१. तीन वटै प्रतियोगितामा राम्रो स्थान

बार्सिलोना घरेलु लिग ला लिगको ३० खेल सकिँदा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ९ अंकको अग्रता कायम गरेको छ । कोपा डेल रेको फाइनलमा स्थान बनाइसकेको छ भने च्याम्पियन्स लिगको सेमिफाइनलको यात्रा पनि लगभग पक्कापक्कीजस्तै भइसकेको छ ।

२. अन्तराष्ट्रिय खेलबाट खेलाडी फिर्ता

केही हप्ता अघि बार्सिलोनाका १६ खेलाडी आ आफ्नो देश पुगेर अन्तराष्ट्रिय खेल खेलेर आए । अन्तराष्ट्रिय खेलमा जाँदा खेलाडीहरु घाइते भएर आउने गर्छन् । मेसीको खुट्टामा पनि देशको लागि अभ्यास खेल खेल्दा समस्या देखिएको थियो तर सो चोट ठिक भइसकेको छ । बुस्क्वेट पनि चोटमुक्त भएर खेलिरहेका छन् । लुकास डिने मात्रै चोटबाट गुज्रिरहेका छन् । उनको पनि बिकल्प रहेको र सबै खेलाडीको प्रदर्शन पहिलाकै जस्तो राम्रो भएको कारणले बार्सिलोना ढुक्क देखिएको छ ।

३. एउटै लय

सिजन सुरु भएदेखि नै सबै प्रतियोगिताहरुमा बार्सिलोनाको लय एकनासको रहेको छ । हालसम्म ४९ खेल सकिँदा जम्मा ३ खेलमा मात्रै हार व्यहोरेको छ । प्रि–सिजनमा भएको स्पेनिस सुपर कपमा दुई हार तथा एउटा हार इस्प्यानियोलसँग कोपा डेल रेमा व्यहोरेको हो । इस्प्यानियोलसँग हारेपछि पनि बार्सिलोना १७ खेलमा अपराजित रहेको छ ।

४. राम्रो रक्षापंत्ति

यो सिजन बार्सिलोनाको अग्रपंत्तिमात्रै बलियो छैन । डिफेन्स लाइन पनि उत्तिकै बलियो छ । ४९ खेलमा ३१ खेलमा त बार्सिलोनाले गोल नै खाएको छैन । त्यसमध्ये ६ वटा च्याम्पियन्स लिगमा, ६ वटा कोपा डेल रेमा तथा १९ वटा ला लिगमा रहेको छ । च्याम्पियन्स लिगमा सबैभन्दा कम गोल खाने क्लब बार्सिलोना नै हो ।

५. टेर स्टेगनको उच्च फर्म

बार्सिलोनाको उच्च डिफेन्सले मात्रै राम्रो क्लिन सिट कायम गरेको होइन । डिफेन्ससँग गोलकिपर टेर स्टेगनले उच्च तालमेल मिलाएका छन् । उनको उच्च प्रदर्शनको तारिफ गर्नैपर्छ । यस सिजन उनले ला लिगा र च्याम्पियन्स लिगमा अत्यान्त सुन्दर खेल पस्केका छन् ।

६. भालभर्डेको सन्तुलन

ग्वार्डिवला, इन्रिके तथा भालभर्डेको बार्सिलोनाको रणनीति अलग–अलग रहेको देखिएको छ । भालभर्डेले बार्साको फर्मेसन ४–३–३ बाट ४–४–२ बनाएर खेलाउँदा टिममा सन्तुलन देखिएको छ । नेयमारले क्लब छोडेर जाँदा पनि टिमलाई सन्तुलनमा उनले राखेका छन् । अझै भनौ उत्कृष्ट फर्ममा ।

७. उदेश्य बोकेको टिम

पिके, अल्बा, बुस्क्वेट्स्, इनियष्टा, राकेटिच मेसी, स्वारेज… सबै बार्सिलोनाका खेलाडीहरुको तह उत्कृष्ट रहेको छ । यी सबै खेलाडीलाई खेल कसरी खेल्ने भन्ने बारेमा राम्रो ज्ञान छ । उनीहरु खेलमा प्रभावकारी पनि देखिएका छन् । घरेलु लिगमा मेसी उच्च गोलकर्ता स्वारेज पनि उच्च गोलकर्ताको सूचीमा छन् । यी सबै खेलाडीहरु व्याक्तिगत उपाधिभन्दा पनि क्लबको उपाधिमा ध्यान दिइरहेका छन् ।

८. सेभियासँगको इतिहास

बार्सिलोनाले ट्रेबल जित्नको लागि कोपा डेल रेका फाइनलमा सेभियालाई पराजित गर्नुपर्छ । सेभियासँग बार्सिलोनाको रेकर्ड राम्रो पनि छ । सेभियालाई पहिलो चरणमा २–१ गोलले जितेको, साञ्चेज पिजुआनमा अन्तिम समयमा २–२ गोलको बराबरी खेलेको, मेसीले सबैभन्दा धेरै गोल हानेको क्लब भएको कारणले सेभिया बार्सिलोनाको लागि फेभरेटजस्तै हो ।
बार्सिलोनाले सेभियालाई हालसम्म ४ पटक फाइनलमा पराजित गरिसकेको छ ।

९. मात्र १० खेल टाढा

आजको दिनसम्म बार्सिलोनाले कोपा डेल रेको उपाधि जित्न सेभियालाई जित्नुपर्ने, ४ वटा च्याम्पियन्स लिगका खेल तथा ८ वटा ला लिगाका खेलाहरु बार्सिलोनाले खेल्न बाँकी छ । ला लिगामा ९ अंकको अग्रता तथा दोस्रो र तेस्रो स्थानमा रहेका दुई मड्रिड क्लबहरु एक आपसमा भिड्ने हुँदा बार्सिलोनालाई अझै सहज हुनेछ ।

१०. मेसी फ्याक्टर

समूहगत खेलमा एउटा खेलाडीले मात्रै जिताउँदैन, अझै यो नियम फुटबल खेलमा लागू हुन्छ तर, मेसी जस्तो महान् खेलाडी भएको टिमको मनोबल निकै उच्च हुने गर्छ । उनीमा खेललाई परिवर्तन गर्नसक्ने क्षमता रहेको छ । उनकै प्रेरणमा बार्सिलोनाले राम्रो नतिजा ल्याएका उदाहरण पनि छन् ।

स्पोर्टको नेपाली अनुवादन

६ अप्रिल २०१८ मा प्रकाशित

रोमासँगको खेलमा क्याम्प नाउमा उडेको पँहेलो बेलुनको अर्थ के ? (जान्नैपर्ने कुरा)

यी हुन् बार्सिलोनाले यो सिजन घरेलु लिगमा ‘कमब्याक’ गरेका ९ खेलहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here