रोमासँगको खेलमा बार्सिलोनाका कुन खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले रोमालाई ४–१ गोलले हरायो । बार्सिलोनाले २ गोल ‘बोनसको’ रुपमा पायो । रोमका खेलाडीहरु डी रोसी तथा मोनालासले आत्मघाति गोल गरे भने दुई गोल जेरार्ड पिकेले गरे ।

पहिलो लेगको जितले बार्सिलोनालाई सेमिफाइन यात्रा सहज बनाइदिएको छ । यहाँ हामीले घरेलु मैदान क्याम्प नाउमा रोमासँग बार्सिलोनाका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा प्लेयर्स रेटिङ्ग तयार पारेका छौं । रेटिङको पूर्ण अंक १० रहेको छ ।

टेरे स्टेगन ७

पहिलो हाफमा टेर स्टेगन ‘जब लेस’ जस्तै भए । दोस्रो हाफमा उनी अब्बल देखिए । ७७ औं मिनेटमा आफैले गरेका गल्तीलाई सुधार गरे र असम्भव रहेको बललाई गोल हुनबाट बचाए ।

नेल्सन सेमेडो ७

खेलको ९ औं मिनेटमा रोमाको इडेन जेकोले डिबक्सभित्र बल खेलाउँदै पोष्टमा प्रहार गर्नै लाग्दा उनको ट्याकलले बल क्लियर गर्यो । पहिलो हाफमा उनी सफल देखिए ।

जेरार्ड पिके ७

पिकेले ५८ औं मिनेटमा जेरार्ड पिकेले गोल गरे । उनले एलिसनको रिबाउन्डमा गोल गरेका हुन् । रोमाबिरुद्ध हालसम्म उनले ३ गोल गरिसकेका छन् । ७५ औं मिनेटमा पिकेले रोमका खेलाडीको प्रहार बाहिर पठाइदिए ।

स्यामुअल उम्टीटी ६

४१ औं मिनेटमा उम्टीटीले विपक्षी खेलाडीलाई डिबक्समै फाउल गर्न पुगे । र सो फ्रिकिको क्लियस आफैले गरे । खेलको ५० औं मिनेटमा पनि उम्टीटीले डिबक्सभित्र बल नियन्त्रण गर्न सकेनन् । उनले नियन्त्रण गुमाउँदा रोमाले त्यसको फाइदा उठाउने प्रयास गरेको थियो । तर, ५६ औं मिनेटमा राकेटिचको पासमा उनले गोलको लागि प्रयास गरे उनलाई रोक्न खोज्दा रोमाका मनोलासले आत्मघाति गोल गर्न पुगे ।

जोर्डी अल्बा ६

१८ औं मिनेमा स्वारेजलाई सुन्दर पास मिलाई दिएका थिए । खेलको ४६ औं मिनेटमा उनले रोमाको पोस्टमा गरेको प्रहार एलिसनले बचाए । जेकोले ८० औं मिनेटमा गर्दा भने उनले बल रोक्न सकेनन् ।

इभान राकेटिच ७

जारी सिजनको मध्यदेखि उच्च फर्ममा रहेका राकेटिच बार्सिलोनाको मुख्य आकर्षण बनेका छन् । मनोलासले आत्मघाति गोल गर्दा उनको मेहनत परेको थियो ।

सर्जियो बुस्क्वेट्स ७

पहिलो हाफमा रोमालाई रोक्न उनको योगदान उच्च रह्यो । उनले मध्यभागलाई मात्रै होइन डिफेन्स लाइनलाई पनि बलियो बनाए । उनले ६६ मिनेट खेल्न पाए । सो समयसम्म बार्सिलोना ३–० ले अघि रहेको कारण चोटबाट फर्केका उनलाई भालभर्डेले आराम दिए ।

सर्जी रोबर्टो ६

राइट ब्याक खेल्ने रोबर्टो मध्यभागमा पनि सफल देखिए । पहिलो हाफमा केही पास, केही ब्लक उनको राम्रो रह्यो ।

आन्द्रेज इनियष्टा ८

खेलको ३८ औं मिनेटमा मेसीलाई गोलको लागि बल मिलाईदिँदै गर्दा रोमाका खेलाडी डेनिले रोसीले आत्मघाति गोल गरेका थिए । खेलको ५४ औं मिनेटमा मेसीलाई गोल गर्नको लागि बल उपलब्ध गराइदिएका थिए तर मेसीको प्रयास एलिसनले बिफल बनाइदिए ।

लुइस स्वारेज ६.५

खेलको २८ औं मिनेटमा मेसीको पासमा पोष्टमा प्रहार गर्दा एलिसन बाधक बने । पहिलो हाफको अन्त्यमा पनि उनले गोलको लागि प्रयास गरे त्यसमा पनि उनी सफल हुन सकेनन् । तर, खेलको ८७ औं मिनेटमा उनी गोल गर्न सफ भए ।

लियोनल मेसी ७

खेलको ११ औं मिनेटमा रोमाका ३ जना डिफेन्डरलाई बिट गरेर डिबक्सबाहिरबाट पोष्टमा बल प्रहार गरेर आफु खेलमा फिट रहेको देखाएका थिए । यद्यपी उक्त प्रहार एसिसनले बिफल बनाइदिए । २२ औं मिनेटमा डिबक्सबाहिर रोमाका ३ जना खेलाडीलाई उनले नचाएका थिए । खेलअवधिभर मेसीले ७ वटा प्रहार पोष्टमा गर्दा ३ वटा एलिसनले बचाए । उनको पास एक्युरेसी ८६ प्रतिशत थियो भने ९ वटा ड्रिबल गर्दा ७ वटामा सफल भएका थिए ।

बैकल्पिक खेलाडी

पाउलिन्हो ६

६६ औं मिनेटमा बुस्क्वेटस्को स्थानमा मैदान प्रवेश गरेका हुन् ।

आन्द्रे गोमेज

गोमेज ८३ औं मिनेटमा रोबर्टोको स्थानमा मैदान प्रवेश गरेका हुन् ।

डेनिस स्वारेज

डेनिस ८५ औं मिनेटमा इनियष्टाको स्थानमा मैदान प्रवेश गरेका हुन् । स्वारेजको गोलमा उनको योगदान रहेको छ ।

रोमाका खेलाडीहरु

  • एलिसन ७
  • पेरेज ७
  • मोनालास ४
  • फाजियो ५
  • कोलारोभ ५
  • पेलेग्रिनी ६
  • डी रोसी ५
  • स्ट्रुटम्यन ६
  • फ्लोरेन्जी ६
  • जेको ७
  • पेरोटी ७
  • (गोनालोन्स ६)
  • (डिफ्रेल ५)
  • (अल सरावी ६)

५ अप्रिल २०१ मा प्रकाशित

NEXT MATCH: बार्सिलोना बिरुद्ध लेगानेस

मेसीलाई क्याम्प नाउमा ‘उच्च सम्मान’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here