NEXT MATCH: बार्सिलोना बिरुद्ध लेगानेस

बार्सा नेपाल । बार्सिलोनाले घरेलु लिग ला लिगा अन्तर्गतको ३१ औं लेगानेस बिरुद्ध खेल्दैछ । अप्रिल ८ तारिखमा घरेलु मैदान क्याम्प नाउमा हुने उक्त खेल राती साढे १२ बजे सुरु हुनेछ ।

बार्सिलोनाले उक्त खेलमा लेगानेसलाई पराजित गरेमा वा बराबरी मात्रै खेलेमा रियल सोसिडाडले सन् १९७८–७९ देखि १९७९–८० मा ३८ खेलसम्म अपराजित रहेको रेकर्ड बराबरी गर्नेछ ।

यसअघिको पहिलो चरणको खेलमा बार्सिलोनाले लेगानेसलाई उसैको घरेलु मैदानमा ३–० गोेलले पराजित गरेको थियो । उक्त खेलमा लुइस स्वारेजले २८ औं तथा ६० औं मिनेटमा तथा पाउलिन्होले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

लिगमा ३० खेल खेलेको बार्सिलोनाले ७६ अंक जोडेर शिर्ष स्थान कायम नै राखेको छ भने समान खेल खेलेको लेगानेस ३६ अंक जोडेर लिगको १४ औं स्थानमा रहेको छ ।

५ अप्रिल २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here