मेसीलाई क्याम्प नाउमा ‘उच्च सम्मान’

बार्सा नेपाल । च्याम्पियन्स लिगमा १०० गोल गरेका लियोनल मेसी क्याम्प नाउमा सम्मानित भएका छन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा चेल्सी बिरुद्धको दोस्रो लेगमा २ गोल गरेर १०० गोल पुर्याएका मेसीलाई रोमासँगको खेलअघि बार्सिलोनाका पूर्व खेलाडी कार्लेस पुयोलले क्लबको तर्फबाट सम्मान व्यक्त गर्दै उनलाई एक फोटो फ्रेम दिइ सम्मान व्यक्त गरेका हुन् ।

फ्रेममा मेसीको पहिलो च्याम्पियन्स लिग गोल र १०० गोल पुर्याउँदाको फोटो राखिएको छ ।

मेसीले १२३ च्याम्पियन्स लिगमा १ सय गोल पुरा गरेका थिए । मेसी च्याम्पियन्स लिगमा सबैभन्दा थोरै खेलमा १ सय गोल गर्ने खेलाडी हुन् ।

५ अप्रिल २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here