उम्टीटीको त्यो ‘सेलिब्रेसन’को अर्थ के ? बार्सा र उनीबीचको दूरी मत्थर ?

बार्सा नेपाल । बितेका केही हप्तायता बार्सिलोनाका सेन्टर डिफेन्डर स्यामुअल उम्टीटीले क्लब छोड्ने विषयले विशेष प्राथमिकता पाइरहेका छन् । सदाभन्दा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रोमालाई ४–१ गोलले पराजित गरेको खेलमा उम्टीटीले गरेको एउटा कार्यले संचार माध्यमले फरक हेडलाईन पायो ।

उम्टीटीले बार्सिलोनाको दोस्रो गोल हुँदा पोष्टमा प्रहार गरे त्यसपछि उक्त बललाई रोमाका डिफेन्डर कोस्तास मोनोलासले नै गोल गरिदिए । बलले जाली चुमेपछि उम्टीटी बार्सिलोनाको लोगो समात्दै, समर्थकहरुलाई देखाउँदै थिए ।

यति मात्रै होइन उम्टीटीले खेलपछि आफ्नो ट्वीटरमा ‘फोर्सा बार्सा’ लेख्दै एक फोटो सहितको पोष्ट पनि गरेका छन् ।

बार्सिलोना र उम्टीटीबीच तलबको कुरा नमिलेको भनि समाचार प्रकाशित भइरहँदा उनको त्यो सेलिब्रेसनले केही सन्देश दिइरहेको जस्तो भान हुन्थ्यो । क्लबसँग दुरी बढिरहँदा प्रायः खेलाडीहरुले उम्टीटीले गरेको जस्तो काम गर्दैन् । न त उम्टीटीको त्यो सेलिब्रेसन सामान्य नै हो ।

५ अप्रिल २०१८ मा प्रकाशित

रोमासँगको खेलमा बार्सिलोनाका कुन खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सिलोनालाई उम्टीटीको चेतावनी, मेरो रिलिज क्लज धेरै छैन

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here