जम्मा २ गोल मात्रै खाने टेर स्टेगन र रोमालाई क्वार्टरफाइनलसम्म ल्याउने एलिसन (तुलना)

बार्सा नेपाल । यस सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनाका गोलकिपर टेर स्टेगन र रोमाका गोल किपर एलिसन बेकर उच्च फर्ममा रहेका छन् । बार्सिलोना टेर स्टेगन बारेमा त थुप्रै समाचारहरु प्रकाशित भइरहन्छन् तर, रोमाका गोलकिपर एलिसनको बारेमा धेरैलाई नहोला । यस सिजन रोमालाई च्याम्पियन्स लिगको समूह चरणको विजेता बनाउन, अन्तिम १६ मा क्वाराबागलाई पराजित गरेर क्वार्टरफाइनलमा स्थान बनाउन मात्रै नभइ घरेलु लिग सेरिया एमा तेस्रो स्थानसम्म (हालसम्मको नतिजा) पुर्याउन एलिसनको महत्वपूर्ण भूमिका रहेको छ ।

ब्राजिलका २५ वर्षीय गोलकिपर एलिसनको उचाई १९१ सेन्टिमिटर रहेको छ । उनले यो सिजनको च्याम्पियन्स लिगमा ८ वटा खेलमा जम्मा ७२० मिनेट खेलेका छन् र ८ गोल मात्रै खाएका छन् । त्यस्तै, २८ वटा बचाउ, २३३ वटा पासमा २०५ वटा सही पास खेलेका छन् ।

२५ वर्षीय जर्मन गोलकिपर टेर स्टेगनको उचाई १८७ सेन्टिमिटर रहेको छ । उनले जारी सिजनको च्याम्पियन्स लिगको ७ वटा खेल खेलेका छन् । जम्मा ६३० मिनेट खेलेका उनले २ गोल मात्रै खाएका छन् । उनले जम्मा २१६ वटा पास खेल्दा १८९ वटामा सफल भएका छन् ।

४ अप्रिल २०१८ मा प्रकाशित

बार्सिलोनाको लागि रोमा कस्तो प्रतिद्धन्द्धी ? (हार जितको हिसाव)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here