रोमाका डिफेन्डर भन्छन्ः मेसीलाई रोक्ने कुनै उपाय छैन, प्रयास गरे १० जना खेलाडी घातक बन्न सक्छन्

बार्सा नेपाल । रोमाका डिफेन्डर मनोलास कोस्तासले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई रोक्ने कुनै उपाय नभएको बताएका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलको पहिलो लेग नजिकिँदै गर्दा संचारमाध्यामसँग कुरा गर्दै उनले पछिल्लो समय म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले दिएको अभिव्यक्तिमा सहमति जनाउँदै मेसीलाई रोक्नै नसकिने बताएका हुन् ।

ग्वार्डिवलाको भनाईबारे प्रतिक्रिया दिँदै ग्रिकका सेन्टर ब्याकले भने ‘ग्वार्डिवलाले भनेको कुरा सत्य हो, मेसीलाई रोक्ने उपाय नै छैन । यदी उनलाई रोक्ने प्रयास गरियो भने बार्साका अन्य १० जना खेलाडीले नराम्रोसँग आक्रमण गर्न सक्छ ।’ उनले थपे ‘बार्सिलोना मेसीबीना पनि उत्तिकै राम्रो टिम हो । त्यसैले उनीहरु च्याम्पियन्स लिगको दाबेदार हुन् । तर, फुटबल हो जे पनि नतिजा निस्कन सक्छ ।’

बार्सिलोनासँग रोमाले अन्तिम पटक च्याम्पियन्स लिगमा सन् २०१५ को नोभेम्बरमा खेलको थियो । उक्त समयमा बार्सिलोना ६–१ गोलले विजयी भएको थियो । उक्त खेल मानोलासले पुरै खेलेका थिए । उक्त खेलको बारेमा मानोलासले भने हामीले बार्सिलोनालाई दवावमा राख्न खोज्दा उनीहरुले खेल्ने ठाउँ बढी पाए र हामीलाई सहजै हराए । तर, पहिलो लेगमा हामी त्यो गल्ती दोहोर्याउन दिँदैनौं । हामी हाम्रो सवल पक्षको बारेमा जानकार छौं त्यसैले हामी सम्हालिएर बार्सासँग खेल्नेछौं ।

‘बार्सिलोनाप्रति हामी सम्मान व्यक्त गर्छौं । उनीहरु राम्रो टिम हो । बार्सासँग मेसी छन् ।’ उनको भनाई थियो ।

४ अप्रिल २०१८ मा प्रकाशित

रोमासँगको खेलअघि मेसीलाई क्याम्प नाउमा ‘उच्च सम्मान’ व्यक्त गरिने

बार्सिलोनाको लागि रोमा कस्तो प्रतिद्धन्द्धी ? (हार जितको हिसाव)

इटालियन क्लब बिरुद्ध मेसीको एक दर्जन गोल (भिडियाे सहित)

RIVAL WATCH: घरेलु लिग सेरिया ए मा रोमा कस्तो टिम (प्राविधिक कुरा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here