बार्सिलोनाको लागि रोमा कस्तो प्रतिद्धन्द्धी ? (हार जितको हिसाव)

बार्सा नेपाल । यस सिजनको च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्सिलोनाले इटालियन प्रतिद्धन्द्धी एस रोमालाई पाएको छ । बार्सिलोनाले चेल्सीलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा समग्रमा ४–१ गोलले पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेको हो भने रोमाले शाक्टारसँग २–२ गोलको बराबरी खेले पनि अवे गोलको आधारमा अघिल्लो चरण प्रवेश गरेको हो ।
क्वार्टरफाइनल ड्रमा बार्सिलोनाले रोमा प्रतिद्धन्द्धी पाएको छ । यसभन्दा अघि हामीले बार्सिलोनाको यस सिजनको च्याम्पियन्स लिग यात्राको बारेमा जानकारी प्रस्तुत गरेका थियौं । (सो जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।)

आज हामीले रोमाले कसरी च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्मको यात्रा तय गर्यो र लिगमा कस्तो उपस्थिती रहेको छ भन्ने विषयमा जानकारी प्रस्तुत गरेका छौं ।

समूह चरण

रोमा च्याम्पियन्स लिगको समूह ‘सी’ मा परेको थियो । समूह सीमा रोमाको साथमा एथ्लेटिको मड्रिड, क्वाराबाग तथा चेल्सी परेको थियो ।

रोमा – एथ्लेटिको मड्रिड

समूह चरणको पहिलो खेलमा रोमालाई घरेलु मैदानमा एथ्लेटिको मड्रिडले गोल रहित बराबरीमा रोकेको थियो ।

क्वारावाग – रोमा

क्वाराबागको घरेलु मैदानमा रोमाले २–१ गोलको जित दर्ता गरेको थियो । उक्त खेलमा रोमाको लागि मनोलास तथा इडेन जेकोले एक एक गोल गरेका थिए ।

चेल्सी–रोमा

चेल्सीको घरेलु मैदानमा रोमाले ३–३ गोलको बराबरी खेल्यो । उक्त खेलमा रोमाको लागि कोलारोभले १ गोल तथा इडेन जेकोले २ गोल गरेका थिए ।

रोमा – चेल्सी

घरेलु मैदानमा रोमाले चेल्सीलाई ३–० गोलले पराजित गरेको हो । चेल्सीलाई निरिह पार्ने क्रममा रोमाको लागि अल सारावीले २ गोल तथा पेरोट्टीले १ गोल गरेका थिए ।

एथ्लेटिको मड्रिड – रोमा

रोमाले सिजनको पहिलो च्याम्पियन्स लिग हार एथ्लेटिको मड्रिडसँग ब्यहोर्यो । एथ्लेटिको मड्रिडले घरेलु मैदानमा २–० गोलको जित दर्ता गरेको हो ।

रोमा – क्वाराबाग

क्वाराबागसँगको दोस्रो लेगमा रोमाले १–० गोलको जित दर्ता गर्यो । उक्त खेलमा रोमाको लागि पेरोट्टीले गोल गरे ।

यसरी समूह चरणमा रोमाले ३ खेलमा जित, २ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको हो ।

अन्तिम १६

अन्तिम १६ मा प्रवेश गरेको रोमाले युक्रेनको शाख्टार डोनेस्क प्रतिद्धन्द्धी पायो उक्त क्लबलाई रोमाले बलैले जितेको हो । पहिलो लेगमा शाख्टारले २–१ गोलले रोमालाई पराजित गर्यो । शाख्टारले घरेलु मैदानमा जित दर्ता गरे पनि रोमाको लागि सेन्जी अन्डरले गरेको गोलले अवे एड्भान्टेज पायो । दोस्रो लेगमा रोमा १–० गोलले विजयी भयो । घरेलु मैदानमा भएको खेलमा रोमा इडेन जेकोको गोलमा विजयी भएको हो ।

समग्रमा २–२ गोलको बराबरी भए पनि अवे गोलको फाइदा उठाउँदै रोमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

घरेलु लिगको प्रदर्शन

यस सिजन घरेलु लिग ‘सिरिया ए’मा पनि रोमाले उत्कृष्ट खेल खेलिरहेको छ । रोमाले लिगमा २९ खेल खेल्दा १८ खेलमा जित ५ खेलमा बराबरी तथा ६ खेलमा हार व्यहोरेर ५९ अंक जोडेको छ । समान खेल खेलेका युभेन्टस ७५ अंकका साथ पहिलो स्थानमा तथा ७३ अंकको साथ नापोली दोस्रो स्थानमा रहेको छ ।

३ अप्रिल २०१८ मा प्रकाशित

RIVAL WATCH: घरेलु लिग सेरिया ए मा रोमा कस्तो टिम (प्राविधिक कुरा)

यस सिजन च्याम्पियन्स लिगमा पनि अपराजित बार्सिलोनाको यात्रा यस्तो छ (विश्लेषण)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here