RIVAL WATCH: घरेलु लिग सेरिया ए मा रोमा कस्तो टिम (प्राविधिक कुरा)

बार्सा नेपाल । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले प्रतिद्धन्द्धीकाे रूपमा इटालियन क्लब एएस रोमा पाएको छ । यस सिजनको घरेलु लिग ‘सेरिया ए’ मा हालसम्मको नतिजा हेर्दा रोमा लिगको तेस्रो स्थानमा छ । लिगमा ३० खेल सकिँदा रोमाले १८ खेलमा जित, ६ खेलमा बराबरी तथा ६ खेलमा हार ब्यहोरेर जम्मा ६० अंक जोडेको छ । उक्त लिगको पहिलो स्थानमा रहेको युभेन्टस्को ७८ अंक तथा दोस्रो स्थानमा रहेको नापोलीको ७४ अंक रहेको छ ।

मुख्य हतियारः इडेन जेको

घरेलु लिगको लागि रोमाका खेलाडी इडेन जेकोले १४ गोल गरेका छन् । जेकोले २९ खेलबाट उक्त गोल गरेका हुन् । उनले १२ खेल भने पँहेलो कार्डको कारण गुमाएका थिए । जेकोले सन् २०१६ /१७ को सिजनमा कूल ३७ खेल खेलेका थिए । उक्त सिजन उनले २९ गोल गरेका थिए ।

प्राविधिक पक्ष

रोमा यस सिजन सेरिया ए मा बलियो मध्येको एक क्लब हो । टिमले घरेलु लिगमा जम्मा ४०६ वटा सट प्रहार गरेको छ सो मध्ये २२३ वटा सट फ्रेममा परेको छ । त्यस्तै जम्मा अट्याक १ हजार ३२ वटा, कर्नर २२२ वटा र जम्मा ३१२ वटा फाउल गरेको छ ।

रोमा खेलको पहिलो हाफभन्दा पनि दोस्रो हाफमा बलियो देखिएको छ । क्लबले ६० देखि ७५ औं मिनेटको बीचमा २० प्रतिशत सफलता हासिल गरेको छ । त्यस्तै खेलको १५ मिनेटसम्म १२ प्रतिशत गोल, १५ देखि ३० मिनेटसम्म ७ प्रतिशत, ३० देखि ४७ मिनेटसम्म १८ प्रतिशत, ४५ देखि ६० मिनेटसम्म १८ प्रतिशत, ६० देखि ७५ औं मिनेटमा २० प्रतिशत तथा ७५ देखि ९० मिनेटसम्म १८ प्रतिशत गोल गरी लिगमा जम्मा ५८ गोल गरेको छ ।

NEXT MATCH: बार्सिलोनाबिरुद्ध रोमा, यस्तो छ बिगत

२ अप्रिल २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here