सेभिया–बार्सा ‘प्रेडिक्ट टु विन’को विजेता घोषणा

बार्सा नेपाल । बार्सा नेपाल डटकमले सेभिया र बार्सिलोनाबीचको खेलमा सही नतिजा अनुमान गर्ने एक जना विजेताको नाम घोषणा गरेको छ ।

ला लिगा अन्तर्गतको उक्त खेलको ‘प्रेडिक्ट एण्ड विन’ मा जम्मा ७८१ जना सहभागी भएका थिए । ती सहभागीमध्ये राजु आले मगरले मात्रै सही उत्तर दिएका छन् । सोही कारणले उनी विजेता भएको घोषणा गरिएको छ । मगरले क्यूएफएक्स सिनेमाको दुईवटा टिकट प्राप्त गरेका छन् ।

उनले प्रदान गरेको फोन नम्बरमा फोन नलागेको कारण इमेल ठेगानामा विजेता भएको जानकारी पठाइएको छ । कृपया ७२ घण्टाभित्र उपहार दावी गर्नुहोस् अन्यथा हामी जिम्मेवार हुनेछैनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here