अभ्यास खेलमा फर्किए सर्जियो बुस्क्वेट, रोमासँग खेल्ने पक्कापक्की

बार्सा नेपाल । बार्सिलोनाका डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्क्वेट अभ्यास खेलमा फर्किएका छन् । बुधबार राति घरेलु मैदान क्याम्प नाउमा हुने रोमासँगको पहिलो लेगमा उनले खेल्ने पक्कापक्की जस्तै भइसकेको छ ।

सोमाबारको अभ्यास खेलमा उनी चोटमुक्त देखिएका थिए ।

चेल्सीसँगको खेलमा उनको खुट्टाको औला भाँच्चिएको थियो । जसको कारण उनी करिब ३ हप्ता मैदान बाहिर रहनुपर्यो ।

बुस्क्वेटसँगै रोमासँगको खेलको लागि बार्सा बी का कार्लेस एलेना, कोयन्का, मोरेर, बलोउ, सामु आरुजो तथा रिक्वी पुयगले पनि अभ्यास खेल खेलेका थिए ।

२ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: बार्सिलोनाबिरुद्ध रोमा, यस्तो छ बिगत

RIVAL WATCH: घरेलु लिग सेरिया ए मा रोमा कस्तो टिम (प्राविधिक कुरा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here