सेभियासँगको कमब्याकमा मेसी नायक, यी हुन् लय बिगार्ने खेलाडीहरु (प्लेसर्य रेटिङ्ग)

बार्सा नेपाल । खेलको नियमित समय सकिन मात्र २ मिनेट बाँकी छँदा स्वारेज र मेसीले एक/एक गोल गरेपछि बार्सिलोनाले सेभियाबिरुद्ध उत्कृष्ट कमब्याक गर्यो । मेसी बेन्चमा रहेको बेला सेभियाले बार्सिलोनामाथि २–० गोलको अग्रता कायम गरिरहेको थियो । उनी मैदानमा प्रवेश गरेपछि खेलको माहोल नै परिवर्तन भयो । बार्सिलोनाले सेभियामाथि दवाव बढायो । सेभियाले लय गुमाउन थाल्यो र नतिजा बराबरीमा सकियो ।

यहाँ हामीले सेभियासँग बार्सिलोनाका कुन खेलाडीको प्रदर्शन कस्तो भनेर प्लेयर्स रेटिङ्ग तयार पारेका छौं । रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन ६.५

टेर स्टेगनले पहिलो हाफ तथा दोस्रो हाफमा खाएको गोलमा दुई गोलमा डिफेन्स लाईनमा गल्ती छ । पहिलो सेभियाले जम्मा ६ सट फ्रेममा प्रहार गरेको थियो । त्यसमा उनले आफ्नो ठाउँबाट गल्ती गरेनन् । उनले ७९ औं मिनेटमा पनि बिपक्षीले डिबक्स भित्रबाट गरेको प्रहार बचाए । सो बचाउ कमब्याक गर्दा निकै उपयोगी साबित भयो ।

सर्जी रोबर्टो ६

पहिलो २० मिनेट सेभियाले बार्सामाथि अत्याधिक दवाव सृजना गर्दा रोबर्टोले दुई बटा बललाई क्लियर पारेका थिए । डिफेन्स लाईन मात्रै होइन उनी अग्र भागबाट पनि खेल खेल्न उद्दत देखिएका थिए । तर, उनी अघि अघि बढेर खेल्दा उनको स्थानबाट सेभियाले काउन्टर मुभ बनाउने मौका पायो । उनको भूमिका सोही प्रकृतिको भएको कारणले गर्दा उनीमाथि ठूलो दवाव रहेको थियो ।

जेरार्ड पिके ६

यस सिजनका अघिल्ला खेलहरुमा जस्तो जेरार्ड पिकेको डिफेन्स सफल देखिएन । उम्टीटीसँग बलियो रक्षापंति बनाउन उनी सफल देखिएनन् । यद्यपी ५४ औं मिनेटमा गोल लाइनबाट उनले बल गोल हुनबाट बचाएका थिए । घुँडामा चोट भनिए पनि उनले बुस्क्बेटको अभावकोबीचमा पनि राम्रो खेले । दोस्रो हाफमा उनको प्रदर्शन सुधारिएको थियो ।

उम्टीटी ४

सम्भवत उम्टीटीको लागि सेभियासँगको खेल यो सिजनको सबैभन्दा खराब रह्यो । बार्सिलोनाले २ गोल खाँदा उम्टीटीको पनि गल्ती देखिन्छ । खाली रहेको खेलाडीलाई डिबक्स भित्र मार्क गर्न नसक्दा गोल खान पुगेको हो । विपक्षी खेलाडीलाई डिबक्सभित्र खोली छोड्दा गोल खान पुगेको हो ।

जोर्डी अल्बा ५

अल्बाले आजको खेलमा कोउटिन्होसँग तालमेलको प्रयास गरे । सेभियाले उनको स्थानबाट काउन्टर मुभ बनाउँदा उनको पेस बढेको थियो । दवावमा रहेकै बेला ६१ औं मिनेटमा उनले स्वारेजलाई गोल गर्ने बल उपलब्ध गराईदिएका थिए । यद्यपी त्यसमा स्वारेज सफल हुन सकेनन् ।

इभान राकेटिच ५

सर्जियो बुस्क्वेटको स्थान सम्हाल्न राकेटिचलाई निकै गाह्रो भयो । राकेटिचले सन्तोषजनक प्रदर्शन नगर्दा डिफेन्स लाइनलाई बढी चुनौती बढेको थियो ।

पाउलिन्हो ४

पाउलिन्होको खेल समग्रमा राम्रो रहेन । सेभियासँगको खेलमा बार्साको मिडफिल्ड कमजोर हुनुमा उनी पनि दोषी रहेका छन् ।

आन्द्रेज इनियष्टा ५

कप्तान इनियष्टाले पनि सेभियासँग राम्रो खेल्न सकेनन् । उनका केही पास विपक्षीको नियन्त्रणमा गयो ।

कोउटिन्हो ५

केही राम्रा टच र लियोनल मेसीले ८९ औं मिनेटमा गरेको गोलको लागि एसिस्ट प्रदान गर्नमा मात्रै कोउटिन्हो सफल रहे ।

स्वारेज ६

मिडफिल्डर पाउलिन्होसँग तालमेल नै मिलाउन सकेनन् । केही गोल गर्ने अवसरहरु पनि खेर फाले । विशेष गरेर मध्यभाग कमजोर रहँदा अग्रपंत्तिले राम्रो खेल्न सकेन । यद्यपी उनले ८८ औं मिनेटमा गोल गरे ।

डेम्बेले ५

सेभियासँगको खेलमा केही उत्कृट मुभबाहेक डेम्बेलेको प्रभाव देख्न सकिएन । उनले आफ्ना समकक्षीको स्थान नै नहेरी पास दिँदा विपक्षी खेलाडीले काउन्टर मुभ बनाउन सफल रह्यो ।

बैकल्पिक खेलाडी

लियोनल मेसी ९

५७ औं मिनेटमा लियोनल मेसी डेम्बेलेको स्थानमा आए । उनी आएपछि खेलको रौनक नै अर्कै रह्यो । ५९ औं मिनेटमा नै कोउटिन्होसँग मिलेर स्वारेजलाई गोल गर्ने बल उपलब्ध गराईदिए । प्रायः कमब्याक गर्न असम्भव रहेको बेला अवस्थामा उनले ८९ औं मिनेटमा गोल गरेर बार्सालाई अपराजित राखे ।

डेनिस स्वारेज ६

७७ औं मिनेटमा पाउलिन्होको स्थानमा डेनिस मैदान प्रवेश गरे । चोटको कारण बाहिर रहेका उनले मिडफिल्डमा प्रभाव देखाए । उनी आएपछि मिडफिल्डमा सुधार देखियो ।

पाको अल्कासर

८१ औं मिनेटमा अल्कार इनियष्टाको स्थानमा मैदान प्रवेश गरेका हुन् । उनले विपक्षीमाथी दवाव सिर्जना गरे ।

सेभियाका खेलाडीहरु

  • रिको ६
  • मेर्काडो ६
  • कायर ७
  • लेङ्गलेट ६
  • स्कुडेरो ७
  • जोन्जी ७
  • बेङ्गा ६
  • नाभास ६
  • भास्क्वेज ७
  • कोरिाय ७
  • मुरियल ७
  • (लायुन ६)
  • (नोलिटो ५)
  • (पिजारो ६)

१ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: बार्सिलोनाबिरुद्ध रोमा

सेभियासँगको खेलमा मेसीको इन्ट्रीपछि बार्सिलोनाको उत्कृष्ट कमब्याक

सेभियाबिरुद्ध मेसीको ३० गोल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here