सेभियाबिरुद्ध मेसीको ३० गोल

बार्सा नेपाल । विश्वको उत्कृष्ट फुटबल खेलाडी लियोनल मेसीको सबैभन्दा ‘फेभरेट’ क्लब सेभिया हो । उद्यपी उनलाई सबैभन्दा मनपर्ने क्लब भएर फेभरेट भनिएको चाँही होइन । मेसीले हालसम्म सबभन्दा धेरै गोल गरेको क्लब सेभिया भएकोले उनको फेभरेट भनिएको हो ।

आइतबार बिहान (नेपाली समयअनुसार) सम्पन्न सेभियाबिरुद्धको खेलमा पनि मेसीले गोल गरेपछि उनले सेभियाबिरुद्धमात्रै ३० गोल गरेका छन् । उनले सेभियासँग खेलेको ३२ खेलमा ३० गोल गरेका हुन् ।

मैत्रिपूर्ण खेलको लागि अर्जे्न्टिनाको राष्ट्रिय टिमसँगको अभ्यास खेलमा सामान्य चोट लागेपछि उनले मैत्रिपूर्ण खेलहरु गुमाएर बार्सिलोना फर्केका थिए । मेसीले बिहीबार सेभियासँगको खेलको लागि भने अभ्यास खेल खेलेका थिए ।

सेभिया बिरुद्धको खेलमा स्टार्टिङ लाइन अपमा नपरेका मेसी ५७ औं मिनेटमा डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनी मैदानमा प्रवेश गरेपछि बार्सिलोनाले सेभियामाथि थप दवाव सिर्जना गरेको थियो । २–० गोलले पछि परेको अवस्थालाई उल्याउँदै खेलको नियमित समय बाँकी छँदा २ गोल (स्वारेज र मेसी) गरेपछि बार्सिलोना ले उत्कृष्ट कमब्याक गरेको हो ।

सेभियासँगको खेलमा मेसीको इन्ट्रीपछि बार्सिलोनाको उत्कृष्ट कमब्याक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here