बार्सा लगातार ला लिगाको ३७ औं खेलमा अपराजित, सोसिडाडको अल टाइम रेकर्डबाट १ खेल टाढा

बार्सा नेपाल । उत्कृष्ट कमब्याक गरेर बार्सिलोनाले सेभियालाई घरेलु मैदानमा २–२ गोलको बराबरीमा रोकेसँगै बार्सिलोना ला लिगामा लगातार ३७ औं खेलमा अपराजित रहेको छ ।

केहीबेरअघि सेभियाको घरेलु मैदान साञ्चेज पिजुआनमा २–० ले पछि परेको बार्सिलोनाले खेलको नियमित समय सकिन २ मिनेट बाँकी रहँदा २ गोल गरेपछि बार्सिलोनाले अपराजित यात्रालाई कायम नै राखेको हो ।

आजको खेलमा बराबरी खेलेसँगै बार्सिलोना रियल सोसिडाडको रेकर्ड तोड्नतर्फ लागिपरेको छ । रियल सोसिडाडले सन् १९७८–७९ देखि १९७९–८० मा ३८ खेलसम्म अपराजित भएको रेकर्ड राखेको थियो । सोही रेकर्ड तोड्नको लागि बार्सिलोना आतुर देखिएको छ ।

रियल सोसिडाडको नाममा रहेको रेकर्ड बराबरी गर्नको लागि बार्सिलोनाले अब लेगानेसलाई पराजित गरे वा बराबरी गरे पर्याप्त हुन्छ । त्यस्तै, त्यस पछिको अर्को खेलमा भ्यालेन्सियालाई पराजित गरेमा रेकर्ड नै तोडिन्छ । बाँकी दुबै खेल घरेलु मैदान क्याम्प नाउमा नै हुनेछ ।

१ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: बार्सिलोनाबिरुद्ध रोमा

सेभियासँगको खेलमा मेसीको इन्ट्रीपछि बार्सिलोनाको उत्कृष्ट कमब्याक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here