NEXT MATCH: बार्सिलोनाबिरुद्ध रोमा, यस्तो छ बिगत

बार्सा नेपाल । बार्सिलोनाले आगामी खेल इटालियन क्लब एएस रोमासँग खेल्दैछ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा हुन लागेको हो ।

उक्त खेल बिहीबार बिहान साढे १२ बजे (नेपाली समयअनुसार) हुन लागेको हो ।

बार्सिलोना र रोमाबीच भएको अन्तिम ४ च्याम्पियन्स लिगमा बार्सिलोनाले २ खेलमा जित, १ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको छ । सन् २००२ फेब्रुअरी २० मा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यस्तै सोही समयको दोस्रो लेगमा रोमाले घरेलु मैदानमा बार्सिलोनालाई ३–० गोलले हराएको थियो ।

सिजन २०१५/१६ को च्याम्पियन्स लिगमा पहिलो लेगमा बार्सिलोना र रोमा १–१ गोलको बराबरीमा रोकिएको थियो भने दोस्रो लेगमा घरेलु मैदानमा बार्सिलोनाले ६–१ गोलको जित निकालेको थियो ।

अन्तिम ५ खेल

बार्सिलोनाले खेलेको अन्तिम ६ खेलमा ४ खेलमा जित तथा २ खेलमा बराबरी खेलेको छ । बार्साले एथ्लेटिको मड्रिडसँग १–० गोलको जित, इस्प्यानियोलसँग गोल रहित बराबरी, मालागासँग २–० गोलको जित, चेल्सीसँग ३–० को जित, एथ्लेटिक बिल्बाओसँग २–० को जित तथा सेभियासँग २–२ को बराबरी खेलेको हो ।

त्यस्तै रोमाले अन्तिम ५ खेलमध्ये ४ खेलमा ४ जित १ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको हो । उसले एसी मिलानसँग २–० गोलको हार, नापोलीसँग ४–२ गोलको जित, टोरिनोसँग ३–० को जित, शाख्टार डोनेक्ससँग १–० को जित, क्रोटोनसँग २–० को जित तथा बोलोग्नासँग १–१ को बराबरी खेलेको छ ।

बार्सा भन्छः खेलमा टोटी हुँदैनन्, रोमाको प्रतिक्रिया हामीलाई थाहा छ मेसीले उक्त खेल खेल्नेछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here