सेभियासँगको खेलमा मेसीको इन्ट्रीपछि बार्सिलोनाको उत्कृष्ट कमब्याक

बार्सा नेपाल । नियमित खेल समय सकिन मात्र २ मिनेट बाँकी रहँदा बार्सिलोनाले सेभियालाई दुई गोल गरेपछि बार्सिलोनाले लिगमा अपराजित यात्रा कायम राखेको छ । खेलको ८८ औं मिनेटसम्म २–० गोलले पछि परेको बार्सिलोनाले दुई मिनेटमा २ गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको छ ।

केहीबेरअघि सेभियाको घरेलु मैदान साञ्चेज पिजुआनमा सम्पन खेलमा सेभियाले अग्रता लिएको थियो । सेभियाको लागि फान्सो भास्क्वेजले पहिलो गोल गरे । उनले ३६ औं मिनेटमा जाक्वेन कोरियाको पासमा गोल गरेका हुन् भने ५० औं मिनेटमा लुइस मुरियलले गोल गरेका थिए ।

५८ औं मिनेटमा डेम्बेलेको स्थानमा लियोनल मेसी मैदान प्रवेश गरेपछि सेभिया चरम दवावमा आएको थियो । खेलको ८८ औं मिनेटमा स्वारेज तथा ८९ औं मिनेटमा मेसीले गोल गरेर प्रायः असम्भव रहेको कमब्याकमा बार्सिलोना असाधरण बनेर निस्केको हो ।

१ अप्रिल २०१८ मा प्रकाशित

सेभियासँगको कमब्याकमा मेसी नायक, यी हुन् लय बिगार्ने खेलाडीहरु (प्लेसर्य रेटिङ्ग)

NEXT MATCH: बार्सिलोनाबिरुद्ध रोमा

बार्सा लगातार ला लिगाको ३७ औं खेलमा अपराजित, सोसिडाडको अल टाइम रेकर्डबाट १ खेल टाढा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here