कोपा डेल रेका दुई फाइनलिस्ट आज लिगको ३० औं खेल खेल्दै

बार्सा नेपाल । अन्तराष्ट्रिय स्तरका खेलहरुपछि आजबाट क्लबस्तरका खेलहरु सुरु हुँदैछन् । बार्सिलोनाले पनि आज अर्थात नेपाली समय अनुसार आइतबार बिहान साढे १२ बजे सेभियासँग लिगको ३० औं खेल खेल्दैछ । सेभियाको घरेलु मैदान साञ्चेज पिजुआनमा हुने उक्त खेलको लागि बार्सिलोनाले १८ जना खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । खेलमा सर्जियो बुस्क्वेट तथा लुकास डिने चोटका कारण अटाएका छैनन् भने एलेक्सिस भिडाल तथा यारी मिना प्रशिक्षक अर्नेष्टो भालभर्डेको रोजाइमा परेका छैनन् ।

खेलाडी सूची

अघिको खेलमा बार्सिलोनाले सेभियालाई २–१ गोलले पाराजित गरेको थियो । यी दुई टिमबीच कोपा डेल रेको फाइनल खेल पनि हुनेछ । उक्त फाइनल खेलमा अप्रिल २२ मा हुनेछ ।

खेल सोनी टेन टु च्यान तथा सोनीलिभ डटकम तथा सोनी लिभ मोबाइल एपबाट प्रत्यक्ष रुपमा हेर्न सकिन्छ ।

लिगको छैटौं स्थानमा रहेको सेभियाबिरुद्ध बार्सिलोना

रियल मड्रिडले नमानेपछि कोपा डेल रेको फाइनल मेट्रोपोलिटानोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here