ह्याण्डबल लिग ‘लिगा एसोबल’मा पनि अपराजित रहँदै बार्सा लास्साको उपाधि पक्का

    बार्सा नेपाल । बार्सिलोनाको ह्यान्डबल टिम बार्सा लास्साले जारी सिजनको ‘लिगा एसोबल’को उपाधि सुरक्षित गरेको छ । बुधबार सम्पन्न खेलमा लिभरबैंक कुइडाडलाई ३०–२७ को स्कोरमा हराएपछि बार्सा लास्साले जारी सिजनको लिगा एसोबल उपाधि ६ खेल बाँकी छँदा नै पक्का गरेको हो ।

    बार्सा लास्साको यो उपाधि लगातार आठौं हो ।

    लिगा एसोबल स्पेनको व्यवसायीक ह्याण्डबल लिग हो । यसको स्थापना सन् १९५८ मा भएको हो । यस लिगमा १६ टिमको सहभागिता रहेने गर्छ ।

    बार्सिलोनाले हालसम्म यो उपाधि सर्वाधिक २५ पटक जितिसकेको छ ।

    यो सिजन बार्सा लास्साले २४ खेल खेल्दा २३ खेलमा जित तथा १ बराबरी खेलेको छ । लिगमा बार्सा लास्सा मात्रै एक अपराजित टिम हो ।

    भिडियाे,

    (चैत १६, २०७४ मा प्रकाशित)

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here