विश्वकप नजिकिँदै जाँदा डेम्बेलेमाथि रङ्गभेद, अनुसन्धान गर्दै फिफा

बार्सा नेपाल । केही दिनअघि फ्रान्सले विश्वकप आयोजक रसियासँग मैत्रिपूर्ण खेल खेल्दा बार्सिलोनाका युवा खेलाडी ओस्माने डेम्बेलमाथि रङ्गभेद भएको आरोपमा भइरहेको जनाएको छ ।

यो समाचार पहिलो पटक एएफपीका फोटोग्राफरले सार्वजनिक गरेका थिए । फ्रेन्च खेलाडीले कर्नर हान्न लाग्दा रुसी समर्थकले उनीविरुद्ध जातीवादी नारा लगाएको सुनिएको थियो ।

उक्त मैत्रिपूर्ण खेलमा विश्वकप आयोजकलाई फ्रान्सले ३–० गोलले हराएको थियो । खेलमा डेम्बेलेलाई रसियाली समर्थकहरुले अपशब्द प्रयोग गरेका थिए । आयोजक राष्ट्रले नै यसरी खेलाडीलाई रंगको आधारमा भेदभाव गरेको भन्दै विश्व फुटबलको नियमनकारी निकाय फिफा घटनाको अनुसन्धानमा जुटेको हो । फिफाले भनेको छ, ‘छुट्टाछुट्टै रिपोर्ट र तथ्यहरु संकलन भइरहेका छन् । अनुसन्धानबाट प्राप्त नतिजा अनुसार दाेषीलाई कारबाही हुन्छ ।’

रुस र फ्रान्सबीचको खेल सेन्ट पिटर्सबर्गमा रहेको क्रेस्तोभ्स्की रंगशालामा खेलाइएको थियो । यही मैदानमा विश्वकपका खेलहरु पनि हुनेछन् । फ्रान्सेली खेलकुदमन्त्री लाउरा फ्लेसेलले समेत घटनाको बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘रङ्ग भेदलाई फुटबलको मैदानमा कुनै ठाउँ दिनु हुँदैन, यस्ता गैरकानुनी हर्कतको अन्त्य गर्नका लागि युरोपेली युनियन वा अन्तर्रा्ष्ट्रिय समुदाय एकजुट हुनुपर्छ ।’

रुसका समर्थकले डेम्बेलेको साथसाथै म्यान्चेस्टर युनाइटेडका खेलाडी समेत रहेका पाउल पोग्बालाई पनि शिकार बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here