डिफेन्डर डिन्हे ३ हप्ता मैदान बाहिर

बार्सा नेपाल । अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलबाट फर्किएका बार्सिलोनाका डिफेन्डर लुकास डिन्हे चोटको कारण ३ हप्ताको लागि मैदान बाहिर रहने भएका छन् । फ्रान्समा रहँदा उनको देब्रे तिघ्रामा चोट देखिएको थियो । मैत्रिपूर्ण खेलबाट क्लबमा फर्केपछि बुधबार उनको मेडिकल परिक्षण भएको थियो । चिकित्सकहरुले उनलाई करिब ३ हप्ता आराम गर्न भनेको छ ।

डिनेले फ्रान्सबाट कोलम्बियाबिरुद्ध जम्मा ७६ मिनेट अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेलेका थिए । तर, उनलाई रसियाबिरुद्धको खेलमा भने अवसर दिइएको थिएन । डिफेन्डर डिन्हेले यस सिजन बार्सिलोनाबाट मात्र १७ खेल खेल्न पाएका छन् । जसमा १ गोलको योगदान पनि गरेका छन् ।

बार्सिलोनाले अब ला लिगामा यी ९ खेल खेल्न बाँकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here