विश्वकपको दावेदार मानिएको अर्जेन्टिनाको लज्जास्पद हार, फ्रान्सले रसियालाई हरायो

बार्सा नेपाल । बुधबार बिहान सम्पन्न अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई भारी गोल अन्तरले पराजित गरेको छ । स्पेनको वान्डा मेट्रो पोलिटानोमा भएको खेलमा घरेलु टिमले मेसीबीनाको अर्जेन्टिनालाई ६–१ गोलले पराजित गरेको हो । त्यस्तै अन्य बार्सा का खेलाडीहरुले खेलेको खेलबारेको सम्पूर्ण जानकारी

रसियाबिरुद्ध फ्रान्स

नेपाली समय अनुसार यो खेल ९ बजेर ३५ मिनेट जाँदा सुरु भयो । यो खेलमा बार्सिलोनाका २ खेलाडीको सहभागिता रह्यो । फ्रान्सको प्रतिनिधित्व गर्ने खेलाडीहरुमा स्यामुअल युम्टीटी र ओस्माने डेम्बेले रहे ।  खेलमा फ्रान्सले रसियालाई ३–१ गोलले पराजित गर्यो ।

बेल्जियमबिरुद्ध साउदी अरेविया

यो खेल नेपाली समयअनुसार बुधबार बिहान साढे १२ बजे सुरु भयो । यस खेलमा बेल्जियमबाट थोमास भर्माइलिन ४६ औं मिनेटमा मैदान प्रवेश गरे । उनको टिमले ४–० गोलको जित दर्ता गर्यो ।

जमर्नी बिरुद्ध ब्राजिल

यो खेल निकै प्रतिस्पर्धात्मक रह्यो । बुधबार बिहान साढे १२ बजे सुरु हुने खेलमा जर्मनीको पोस्ट मार्क आन्द्रे टेर स्टेगनको सट्टा केभिन टर्यापले सम्हाले त्यस्तै ब्राजिलबाट कोउटिन्हो र पाउलिन्होले टेर स्टेगनबिरुद्ध खेले । खेल ब्राजिलले १–० गोलले हरायो ।

अष्ट्रेलिया बिरुद्ध कोलम्बिया

यसअघिको मैत्रिपूर्ण खेलमा फ्रान्सलाई पाखा लगाएको कोलम्बियाले अष्ट्रेलियाबिरुद्ध गोल रहित बराबरी खेल्यो । खेलमा कोलम्बियाको तर्फबाट यारी मिना प्रस्तुत भयो ।

स्पेनबिरुद्ध अर्जेन्टिना

यो खेल बुधबार बिहान नेपाली समयअनुसार १ बजेर १५ मिनेट जाँदा सुरु भयो । निकै महत्वका साथ हेरिएको यो खेलमा अर्जेन्टिनाले लज्जास्पद हार व्यहोर्यो । खेलमा इस्कोले मात्रै ३ गोल गरे भने डिएगो कोस्टा, थियागो आल्कान्टारा र आएगो आसपासले एक एक गोल गरे । (यसअघि इस्कोले ४ गोल गरेको भनिएकोमा सच्याइयको छ)

अर्जेन्टिनाबाट मेसीले चोटको कारण खेल्न पाएनन् । भने स्पेनबाट आन्द्रेज इनियष्टा, जेरार्ड पिके तथा जोर्डी अल्बा मैदानमा उत्रिए ।

मेक्सीकोबिरुद्ध क्रोयसिया

यो समाचार तयार पर्दासम्म खेल सुरु भएको छैन । खेल बुधबार बिहान ७ ४५ बजे शुरु हुने उक्त खेलमा क्रोयसियाबाट इभान राकेटिच खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here