मलाई थाहा छ मेसी म भन्दा असाध्यै राम्रा खेलाडी थिएः रोनाल्डिन्हो

बार्सा नेपाल । बार्सिलोनका लेजेन्ड रोनाल्डिन्होले लियोनल मेसी आफूभन्दा असाध्यै राम्रो खेलाडी रहेको बताएका छन् । ‘फोर फोर टु’ सँग कुरा गर्दै उनले मेसी विश्वकै उत्कृष्ट फुटबल खेलाडी भएको बताएका हुन् ।

बार्सिलोनामा रहँदा मेसी आफूभन्दा पनि उत्कृष्ट रहेको उनको भनाई थियो ।

रोनाल्डिनोले फोर फोर टुसँग कुरा गर्दै आफू बार्सिलोनामा अच्चमसँग आबद्ध हुन पुगेको पनि बताए । आफू पेरिस सेन्ट जर्मेनबाट म्यान्चेस्टर युनाइटेड जाने तयारी गर्दै गर्दा स्यान्ड्रो रोसेलले आफूलाई फोन गरेको र आफू बार्सिलोनामा आबद्ध भएको बताए । रोसेलले आफू म्यान्चेस्टर युनाइटेड जान ४८ घण्टा मात्रै बाँकी छदाँ रोसेलले फोन गरेको उनको खुलासा थियो ।

रोनाल्डिनो सन् २००३ मा पीएसजीबाट बार्सिलोना आएका थिए । उनी सन् २००८ सम्म बार्सिलोनासम्म रहे र मेसीसँग पनि खेले । उनीहरु एक अर्कालाई उत्कृष्ट फुटबलर भन्ने गर्छन् ।

रियल मड्रिडका फ्यानहरुको पनि प्रिय रोनाल्डिन्हो…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here