युम्टीटी र बार्सिलोनाबीच विवाद, यसको फाइदा उठाउन खोज्दै म्यान्चेस्टर युनाइटेड

बार्सा नेपाल । डिफेन्डर स्यामुअल युम्टीटी र बार्सिलोनाबीच कुरा नमिल्दा उनी अन्य क्लबमा स्थानान्तरण हुने कुराले पल्छिल्लो केहीदिन यता चर्चा पाएको छ । क्लबले पारिश्रमिक सम्झौता उनको इच्छा अनुसार नबढाउने भनेपछि विवाद चुलिएको हो ।

सन् २०१६ मा लियोनबाट बार्सिलोना आएका उनको उमेर जम्मा २४ वर्ष मात्र भएको छ । उनले क्लबसँग सन् २०२१ को जुनसँग बस्ने सम्झौता गरिसकेका छन् । क्लबले उनको रिलिज क्लब ६० मिलियन यूरो पनि तोकेको छ । तर युम्टीटीले पछिल्लो समय आन्द्रेज इनियष्टा तथा लुईस स्वारेज बराबरको पारिश्रमिक पाउनुपर्ने भन्दै माग गरेका छन्। उक्त कुरालाई क्बले बेवास्ता गर्दै आए पछि इंग्लिस क्लब मान्चेस्टर युनाइटेड युम्टीटीको पछि लागेको छ । यसको लागि युम्टीटीसँग जोसे मउरिन्होले पनि भेट गरिसकेका छन् ।

समाचारहरुका अनुसार म्यान्चेस्टर युनाइटेडको गतिलो बिकल्पउनी रहेका छन् । रिलिज क्लब ६० मिलियन तिर्न म्यान्यु तयार रहेको साथै युम्टीटीको वार्षीक तलब ९ मिलियन तिर्न पनि तयार देखिएको छ ।

बार्सिलोनालाई युम्टीटी र उनका एजेन्ट तथा दाई यानिक युम्टीटीले कुरा गरेको तरिका मन परेको छैन ।

युम्टीटी आएपछि बार्सिलोनाको डिफेन्स लाईन निकै बलियो भएको छ । उनी र जेरार्ड पिकेको तालमेल राम्रो भएपछि बार्सिलोनाको सँधै कमजोर हुने पंत्ति कडा भएपछि समर्थकहरुले युम्टीटीलाई छोटो समयमा नै मन पराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here