कोइमनको हल्याण्डसँग यूरोकप विजेता पोर्तुगलको लज्जास्पद हार, सिलेसनकाे ७ वटा बचाउ

बार्सा नेपाल । मंगलबार बिहान (नेपाली समयअनुसार) सम्पन्न अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा हल्याण्डले यूरोकप विजेता राष्ट्र पोर्तुगललाई ३–० गोलले पराजित गरेको छ ।

बार्सिलोनाका लेजेन्ड रोनाल्ड कोइमनले सम्हालेको हल्याण्डले पोर्तुगललाई सहज रुपमा हराएको हो । हल्याण्डले पहिलो हाफमै ३–० गोलको अग्रता कायम गरेको थियो । खेलको ११ औं मिनेटमा नै हल्याण्डका लागि मेम्फिस डिपेले गोल गरेका थिए । त्यस्तै ३२ औं मिनेटमा रायन बबेलले तथा पहिलो हाफको इन्जुरी समयमा भिर्गिल भान डिजेकले गोल गरेपछि पहिलो हाफमै हल्याण्ड बलियो देखिएको थियो ।

दोस्रो हाफमा पोर्तुगलले खेलमा फर्कने छाँट देखाए पनि त्यो सम्भव देखिएन । अझै खेलको ६१ औं मिनेटमा पोर्तुगलका जोआओ कान्सिलोले दोहोरे पँहेलो कार्ड खाएपटि झनै पोर्तुगल दवावमा आएको थियो ।

बार्साका दुई खेलाडी

उक्त खेलमा बार्सिलोनाका दुई खेलाडीको प्रदर्शन भने राम्रो रह्यो । हल्याण्डको गोलपोष्टको जिम्मेवारी पाएका ज्यास्पर सिलेसनले राम्रो खेल खेले । उनी खेलमा निधक्क देखिन्थे । पोर्तुगलको ७ वटा प्रहारहरु उनले सहज रुपमा बचाए ।

त्यस्तै अर्का खेलाडी आन्द्रे गोमेजले पहिलो हाफमा गोलको लागि बलहरु उपलब्ध गराएका थिए । उनले ४६ मिनेटसम्म खेल्ने मौका पाए । सिलेसनले भने पुरै खेल खेले ।

कोइमनको बारेमा

कोइमन यसै सिजन हल्यान्डको जिम्मेवारी सम्हाल्न एभर्टनबाट गएका हुन् । उनको पहिलो खेल नै सफल भएको छ । कोइमन बार्सिलोनाका लेजेन्ड हुन् । उनले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाबाट १९२ खेल खेलेका थिए । उनले जम्मा ६७ गोल पनि गरे । उनी पुनः सन् १९९८ मा बार्सिलोना सहायक प्रशिक्षकको भूमिकामा फर्केका थिए । उनले सन् २००० सम्म बार्सिलोनाको सहायक प्रशिक्षक भएर काम गरे ।

एभर्टनले बर्खास्त गरेपछि डच टिम सम्हाल्न गए बार्साका लेजेन्ड कोइमन

भिडियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here