बार्साका खेलाडीहरुको यस्तो छ अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल तालिका (सम्पूर्ण जानकारी)

बार्सा नेपाल । सोमबार राति तथा मंगलबार बिहान सम्पन्न अन्राष्ट्रिय खेलहरुमा यूरुग्वे र नेदरल्याण्ड विजयी भएका छन् । चाइना कप अन्तर्गतको खेलमा यूरुग्वेले वेल्सलाई १–० ले पराजित गरेको हो । उक्त खेलमा बार्सिलोनाका समेत खेलाडी रहेका लुईस स्वारेजको उपस्थिति रहेको थियो । त्यस्तै, भने मंगलबार बिहान जेनेभामा सम्पन्न खेलमा हल्याण्डले पोर्तुगललाई ३–० ले पराजित गर्दा बार्सिलोनाको दोस्रो रोजाइका गोलकिपर ज्यास्पर सिलेसनको योगदान उच्च रह्यो ।

त्यसोत ४६ मिनेट मैदानमा रहेका पोर्तुगलका आन्द्रे गोमेजले पनि राम्रो खेल खेलेका थिए ।

अन्तराष्ट्रिय खेल आज तथा भोली बिहान खेलेपछि समाप्त हुन्छ । यहाँ हामीले आज बेलुकी तथा भोली बिहान हुने अन्तराष्ट्रिय खेल जहाँ बार्सिलोनाका खेलाडीको समेत सहभागिता रहन्छ त्यसको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

रसियाबिरुद्ध फ्रान्स

यो खेल नेपाली समय अनुसार ९ बजेर ३५ मिनेट जाँदा सुरु हुनेछ । यो खेलमा बार्सिलोनाका ३ खेलाडीको सहभागिता रहनेछ । फ्रान्सको प्रतिनिधित्व गर्ने खेलाडीहरुमा स्यामुअल युम्टीटी, ओस्माने डेम्बेले तथा लुकास डिने विश्वकप आयोजक राष्ट्र रसियाबिरुद्ध उत्रनेछन् ।

बेल्जियमबिरुद्ध साउदी अरेविया

यो खेल नेपाली समयअनुसार बुधबार बिहान साढे १२ बजे सुरु हुनेछ । यस खेलमा बेल्जियमबाट थोमास भर्माइलिन साउदी अरेकियाबिरुद्ध उत्रने सम्भावना छ । यद्यपी चोटको कारणले उनले खेल्ने या नखेल्ने केही बताइएको छैन ।

जमर्नीबिरुद्ध ब्राजिल

यो खेल निकै प्रतिक्षाको खेल रहेको छ । बुधबार बिहान साढे १२ बजे सुरु हुने खेलमा जर्मनीको पोस्ट मार्क आन्द्रे टेर स्टेगनले सम्हाल्नेछन् भने ब्राजिलबाट कोउटिन्हो र पाउलिन्होले टेर स्टेगनबिरुद्ध खेल्नेछन् ।

अष्ट्रेलिया बिरुद्ध कोलम्बिया

यसअघिको मैत्रिपूर्ण खेलमा फ्रान्सलाई पाखा लगाएको कोलम्बिया अष्ट्रेलियाबिरुद्ध उत्रनेछन् । कोलम्बियाको डिफेन्स लाइननमा बार्सिलोनाका नयाँ खेलाडी यारी मिना हुनेछन् ।

स्पेनबिरुद्ध अर्जेन्टिना

यो खेल बुधबार बिहान नेपाली समयअनुसार १ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । यो खेललाई निकै महत्वका साथ हेरिएको छ । यो खेलमा सम्भवत बार्सिलोनाका ४ खेलाडी हुनेछन् । स्पेनबाट आन्द्रेज इनियष्टा, जेरार्ड पिके तथा जोर्डी अल्बा र अर्जेन्टिनाबाट लियोनल मेसी । यद्यपी मेसीले खेल्ने या नखेलनेबारेमा केही बताइएको छैन ।

मेक्सीकोबिरुद्ध क्रोयसिया

बुधबार बिहान ७ ४५ बजे शुरु हुने उक्त खेलमा क्रोयसियाबाट इभान राकेटिच खेल्नेछन् ।

कोइमनको हल्याण्डसँग यूरोकप विजेता पोर्तुगलको लज्जास्पद हार, सिलेसनकाे ७ वटा बचाउ

स्पेनबिरुद्धको अभ्यास खेलमा मेसीको उत्कृष्ट गोल (भिडियो सहित)

बार्सिलोनाका खेलाडीहरुको अन्तराष्ट्रिय खेल कस्तो भयो ?

लुईस स्वारेजले देशको लागि ५० गोल गरे

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here