रसिया विश्वकप मेसीको कन्चटमा बन्दुक ताकिरहेको जस्तोः साम्पावली

बार्सा नेपाल । अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पावलीले विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसीमाथि विश्वकप २०१८ को उपाधि जित्नैपर्ने ठूलो दबाब रहेको बताएका छन् । उनले संचार माध्यमहरुलाई प्रतिक्रिया दिँदै ‘मेसी कन्चटमा बन्दुक ताकिरहेको अवस्था’मा भएको बताएका हुन् । मेसीमाथि रसियामा हुने विश्वकप जित्नै पर्ने दबाब रहेको छ ।

मेसीले आफू विश्वकै उत्कृट खेलाडी भएको प्रमाणित गरिसकेको कारणले गर्दा विश्वकप जित्नै पर्ने दवाव नरहेको तर, सो कुरा उनको लागि कन्चटमा बन्दुक ताकेजस्तो रहेको उनको भनाइ थियो ।

उनले भनेका छन्, ‘मेसीका लागि यो अन्तिम अवसर हो । तर, यसले उनको करिअरमा कुनै पनि असर नपरोस् । रसियामा हुने विश्वकपमा पहिला नै नतिजा निकाल्ने काम गर्नु भने निकै ठुलो गल्ती हो ।’

उनले थपे, ‘मेसीमाथि ठुलो दबाब रहेको छ । मैले गर्ने भनेको उत्कृष्ट खेलाडी छानेर खेलाउनु हो । त्यसमध्ये मेसी पनि एक हुन् । उनले कसरी सहज तरिकाले खेल्न सक्छन् मैले त्यसरी नै खेलाउने हो । इक्वेडरविरुद्ध उनको खेलले पनि यस कुराको प्रमाणित गरेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here