नयाँ सिजन सुरु हुनुअघि बार्सिलोनाले कप्तान चुन्ने, को–को छन् ‘लाईन अप’मा ?

    बार्सा नेपाल । बार्सिलोनाले आगामी सिजनको सुरुवातमै नयाँ कप्तान चुन्ने भएको छ । यस सिजन उत्कृष्ट फर्ममा रहेको बार्सिलोनाले विन्टरमा जाभियर मास्चेरानोलाई विदाई गरेको थियो । उनी गएपछि उनको कप्तानको स्थान खालि रहेको छ ।
    हाल बार्सिलोनाको पहिलो कप्तान आन्द्रेज इनियष्टा रहेका छन् । त्यस्तै इनियष्टाको उनुपस्थितिमा लियोनल मेसीले टोलीको नेतृत्व गर्छन् । तेस्रो स्थानमा सर्जियो बुस्क्वेट छन् भने चौथो स्थानमा जाभियर मास्चेरानो रहेका थिए ।

    मास्चेरानोले पनि क्लब छोडेका तथा इनियष्टाले पनि यसै सिजनको अन्त्यमा क्लब छोड्ने जस्तो स्थिति देखाएपछि कप्तानहरुको छनोटमा बार्सिलोना लागेको हो ।

    यदि इनियष्टा चाइनिज सुपर लिग खेल्न गएको खण्डमा उनको स्थान मेसीले नै लिनेछन् भने दोस्रो दर्जाको कप्तान सर्जियो बुस्क्बेट हुनेछन् त्यस्तै तेस्रो कप्तानको भूमिका जेरार्ड पिकेलाई दिने सम्भावना रहेको छ । भने अर्का दावेदारको रुपमा इभान राकेटिचलाई पनि हेरिएको छ । यद्यपी जोर्डी अल्बा पनि पुरानै खेलाडी भएको कारणले चौथो कप्तानको जिम्मेवारीमा यी दुई खेलाडी पर्ने सम्भावना रहेको छ ।

    क्लबले नेतृत्वको हिसावले इभान राकेटिचलाई प्राथमिकतामा राख्ने सम्भावना छ तै पनि लुइस स्वारेज तथा टेर स्टेगन पनि लाइनअपमा रहेका छन् ।

    खेल्दा खेल्दै क्रोएशियाका एक फुटबल खेलाडीको यसरी ज्यान गयो

    बार्साको भविष्यको लागि कप्तान इनियष्टा चीन जाने लगभग पक्का

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here