खेल्दा खेल्दै क्रोएशियाका एक फुटबल खेलाडीको यसरी ज्यान गयो

बार्सा नेपाल । क्रोएशियाका एक फुटबल खेलाडीले खेल्दा खेल्दै ज्यान गुमाएका छन् । क्रोएशियाको तेस्रो डिभिजनबाट व्यवसायिक फुटबल खेल्ने ब्रुनो बोबनले ज्यान मैदानमै ज्यान गुमाएका हुन् । सन् १९९२ मा जन्मेका बोबनले मार्सोनियाबाट फुटबल खेल्दै आइरहेका थिए ।

डिफेन्डर रहेका उनले विपक्षी (एनके स्लाभोनिजा क्लब)का खेलाडीले प्रहार गरेको बल छात्तीले रोक्दा उनको मैदानमै मृत्यु भएको हो ।

बलले उनको छातिमा लागेपछि उनी बेहोस भएका थिउ । तत्काल म्याच रेफ्रीले एम्बुलेन्स ल्याउन पहल गरेका थिए । तर, मेडिकल टिमले उनलाई बचाउन नै सकेनन् ।

बोबन क्रोयसियाको तस्रो डिभिजनको उच्च गोलकर्ता समेत हुन् । उनले शनिबार भएको खेलमा ज्यान गुमाएका हुन् ।

भिडियाेकाे लागि यहाँ  क्लिक अावश्यक

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here