स्पेनबिरुद्धको अभ्यास खेलमा मेसीको उत्कृष्ट गोल (भिडियो सहित)

बार्सा नेपाल । दाहिने खुट्टामा लागेको चोटको कारण इटालीबिरुद्धको खेल गुमाएका विश्वकै उत्कृष्ट फुटबलर लियोनल मेसीले स्पेनबिरुद्धको फर्कने संकेत दिएका छन् । विश्वकपको तयारीस्वरुप स्पेनसँग मंगलबार हुने खेलको लागि अर्जेन्टिनाको टिम यतिखेर मड्रिडमा रहेको छ ।

शनिबारको अभ्यास खेल गुमाएका मेसी आइतबार भने अभ्यासमा फर्किएका हुन् । उनले अभ्यासमा आएर उत्कृष्ट गोल पनि गरेका छन् ।

यद्यपी उनले स्पेनबिरुद्ध खेल्ने या नखेल्ने भन्नेबारेमा केही बताइएको छैन । खेलभन्दा अघि गरिने मेडिकल परिक्षणको आधारमा मेसीले खेल्ने या नखेल्ने निर्क्यौल हुने मिररको अनलाईन संस्करणमा उल्लेख छ ।

यस सिजन मेसीले ४७ खेल खेलिसकेका छन् । उनले अर्जेन्टिना, ला लिगा, च्याम्पियन्स लिग तथा मैत्रिपूर्ण खेलमा सहभागिता जनाएका हुन् ।

मड्रिडमा अर्जेन्टिनाको अभ्यास खेल, स्पेनविरुद्ध मेसी उत्रनसक्ने

भिडियो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here