टेर स्टेगन बार्साका खेलाडी मात्रै होइनन् कट्टर समर्थक पनि !

बार्सा नेपाल । पछिल्लो केही दिनयता अधिकांश फुटबल खेलाडीहरु विश्वकपको तयारी स्वरुप राष्ट्रिय टिममा सामेल भएका छन् । राष्ट्रिय टिमले बोलाएपछि बार्साका १६ जना खेलाडीहरु पनि आ–आफ्नो देशमा गएर आ–आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । त्यसैमध्येका एक बार्सिलोनाका मुख्य गोलकिपर मार्क आन्द्रे टेर स्टेगन पनि सन् २०१४ को विश्वकप विजेता राष्ट्र जर्मनीको तर्फबाट गोल पोष्ट सम्हान्न पुगे ।

शनिबार बिहान सम्पन्न स्पेनसँगको खेलमा १–१ को बराबरी खेल्दा टेर स्टेगनको भूमिका उच्च रह्यो । जमर्नीका मुख्य गोलकिपर म्यानुअल नोयरको खुट्टामा चोट लागेपछि टेरस्टेगनले नोयरको भूमिका निभाएका छन् त्यो पनि कुनै अभाव खड्किन नदिइकन । टेर स्टेगनको फर्मलाई जमर्नीका प्रशिक्षक जोचिम लोले पनि प्रशंसा गरेका छन् ।

टेर स्टेगन बार्सिलोनाका खेलाडी मात्र नभएर प्रशंसक पनि हुन् । उनले सामाजिक संजालमा गर्ने पोस्टहरुमा बार्सिलोनाप्रति अत्यान्त सद्भाव राख्छन् । उनले मिडियालाई दिने अन्तवार्ताहरुमा पनि बार्सिलोनालाई उच्च स्थानमा राखेर सम्मान दर्शाउने गरेका छन् ।

जर्मनीको राष्ट्रिय टिममा रहेका उनले आइतबार समाजिक संजालमा जोर्डी अल्बाको फोटो राखेर गरिएको पोस्टमा उनले लेखेका छन् ‘सोम ला जेन्ट ब्लाउग्राना’ यो लाईन बार्सिलोनाको एन्थमको एक लाइन हो जसको अर्थ हुन्छ ‘हामी निलो तथा मरुनको समर्थक’ । राष्ट्रिय टिममा रहेका खेलाडीले राष्ट्रियतासँगको फोटो पोस्ट नगरेर बार्सालाई सम्झेर पोष्ट गरिरहनुले पनि झल्कन्छ टेर स्टेगनले बार्सिलोनालाई कति माया गर्छन् भनेर । हरेक खेलपछि टेर स्टेगनले बार्सिलोनाप्रति माया देखाउँदै उत्कृष्ट क्याप्सन लेख्ने गरेका छन् । जु तपाई हामीले देख्दै आएका छौं ।

त्यसैले त बार्सा समर्थकहरुले उनलाई उत्कृष्ट रहेका आधारमा मात्रै नभइ बार्सा समर्थक भएकै आधारमा माया तथा सद्भाव दर्शाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here