मड्रिडमा अर्जेन्टिनाको अभ्यास खेल, स्पेनविरुद्ध मेसी उत्रनसक्ने

बार्सा नेपाल । शनिबार सम्पन्न मैत्रिपूर्ण खेलमा इटालीलाई २–० गोलले पराजित गरेको अर्जेन्टिनाले स्पेनको राजधानी मड्रिडमा अभ्यास खेल खेलेको छ । रसिया विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले मंगलबार स्पेनसँग खेल्दैछ यसैको तयारी स्वरुप जर्ज सम्पावलीले मड्रिडको वान्डा मेट्रो पोलिटानोमा आफ्ना खेलाडीहरुलाई प्रशिक्षण दिएका हुन् ।

उक्त अभ्यास खेलमा भने अर्जेन्टिनाका कप्तान लियोनल मेसी अनुपस्थित रहेका थिए । इटालीबिरुद्धको अभ्यास खेलमा मेसीलाई हामस्ट्रिङले सताएपछि स्पेनसँगको खेल पनि उनले गुमाउने सम्भावना रहेको छ । यद्यपी उक्त खेलअघि मेसीको दाइने खुट्टामा भएको असहजताबारे थप परिक्षण हुने र उक्त खेल खेल्ने या नखेल्ने भन्ने बारेमा निर्णय हुने मार्साको अनलाईन संस्करणमा समाचार प्रकाशित भएको छ । मेसीको चोट जटिल नभए पनि मैत्रिपूर्ण खेलको लागि मात्रै अर्जेन्टिनाले जोखिम मोल्न नचाहेको हो ।

त्यस्तै, सर्जियो अगुइरो पनि अभ्यासमा अनुपस्थित रहेका थिए भने एंगेल डि मारियाले पनि उक्त खेल गुमाउन सक्नेछन् ।

टेर स्टेगन बार्साका खेलाडी मात्रै होइनन् कट्टर समर्थक पनि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here