टिप्पणीः ३ वर्षअघिको समाचारलाई आधार बनाएर ‘मेसी नेपाल आउने’ भन्दै समाचार प्रकाशन

बार्सा नेपाल । विश्वको उत्कृष्ट फुटबल खेलाडी लियोनल मेसी नेपाल आउन लागेको कुराको विषयले शनिबारका केही नेपाली अनलाईन संस्करणहरुमा प्राथमिकता पाएको छ । शनिबार प्रकाशित समाचारको साँचो कुरा के हो भने तत्कालिन एबीसी टेलिभिजनका पत्रकार किरण मरहठ्ठाले मेसीको बारेमा एउटा फुटबल डकुमेन्ट्री ‘मेसी दी म्यान एट बार्सा’ निर्माण गरेका थिए । हाल अमेरिकामा बस्दै आएका उनले करीब ३ वर्ष पहिला नै बार्सिलोनाको सहयोगमा उत्कृष्ट फुटबलर मेसी तथा मुख्य खेलाडीहरु जेरार्ड पिके, पूर्व खेलाडीहरु जाभी हर्नान्डेज, नेयमारजस्ता खेलाडीहरुलाई ढाका टोपी दिँदै नेपाल भ्रमणको निम्तो दिएका थिए । सो समयमा सबै खेलाडीहरुले नेपाल आउने इच्छा प्रकट गरेका थिए । मेसीले पनि सोही समयमा नै नेपाल आउने चाहना व्यक्त गरेका हुन् । शनिबार सोही पुरानो विषयको उठान गरेर मेसी नेपाल आउने कुरालाई ‘हेडलाइन’ बनाइएको हो । यही कुरालाई जोडेर समाचार प्रकाशित भएको हो ।

अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको लागि अर्जेन्टिनाको राष्ट्रिय टिममा रहेका उनले नेपालबारेमा प्रतिक्रिया नै दिएका छैनन् नत उनले केही दिनयता मिडियासँग बोलेका नै छन् । तर उनी राष्ट्रिय टिममा सामेल हुन जाने क्रममा एक अमेरिकन टेलिभिजनसँग कुरा भने गरेका थिए । सो टेलिभिजन कार्यक्रममा मेसीले आफू नेपाल आउन चाहेको कुरा व्यक्त गरेका थिए मेसी फाउन्डेसनले युनिसेफको मातहतमा रहेर नेपालका ८ जिल्लामा १४ स्वास्थ्य चौकी निर्माण गरिरहेको छ ।

सोही स्वास्थ्य चौकीको उद्घाटनको लागि नेपालस्थित युनिसेफको कार्यालले पनि पहल गरेको र मेसीले सोहीबारेमा प्रतिक्रिया दिएको समाचार हामीले प्रकाशित गरेका थियौं । सो विषयबारेको समाचारको लागि यहाँ क्लिक गर्नुहोस् ।

यसकारण मेसी नेपाल आउन सक्ने

आजभन्दा करिब ३ वर्ष अघि नै डकुमेन्ट्री मेकर मरहठ्ठासँग प्रतिक्रिया लिएर थुप्रै नेपाली मिडियामा मेसी नेपाल आउन चाहेको कुरा व्यक्त गरेका थिए ।

डकुमेन्ट्री मेकर मरहठ्ठाको बारेमा

पेशाले मरहठ्ठा पत्रकार, लेखक, टेलिभिजन कार्यक्रम प्रस्तोता समेत हुन् । हाल अमेरिकामा रहेका उनी यसै पेशालाई पनि निरन्तरता दिँदैछन् । अमेरिकामा नै रहँदा उनले ‘दी होप’ र ‘मिडिया इन मास’ नामका किताब लेख्न भ्याइसके । उनले अमेरिकाबाट नै स्थानीय टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा काम गरिरहेका छन् ।

मरहठ्ठा बार्सिलोनाका कट्टर समर्थक हुन् साथै मेसी अर्जेन्टिनाका खेलाडी भएकै कारण उनी अर्जेन्टिनाको जसी समेत लगाउँछन् । उनको प्रिय खेलाडी मेसी नै हुन् ।

उनले निर्माण गरेको डकुमेन्ट्रीले थुप्रै अन्तराष्ट्रिय फिल्म महोत्सवमा स्थान पाइरहेको छ । सोही कारणले उनले सर्वसाधरणहरुको लागि उक्त डकुमेन्ट्री प्रदर्शन गरेका छैनन् । उनको डकुमेन्ट्रीमा बार्सिलोनाका महत्वपूर्ण उपलब्धी, घरेलु मैदान क्याम्प नाउ, बार्सा म्यूजियम, टिटो भिलानोभा मैदान, बार्सा बोर्ड, खेलाडी लगायत अन्य पदाधिकारीहरुको प्रतिक्रियामा डकुमेन्ट्र तयार पारेका हुन् । उक्त डकुमेन्ट्रीको समय अवधि ३० मिनेटको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here