NEXT MATCH: लिगको छैटौं स्थानमा रहेको सेभियाबिरुद्ध बार्सिलोना

बार्सा नेपाल । बार्सिलोनाले ला लिगाको ३० औं खेल सेभियासँग खेल्दैछ । यस सिजन लिगमा अपराजित बार्सिलोनाले उक्त खेल सेभियाको घरेलु मैदान रोमन साञ्चेज पिजुवान् मा खेल्न लागेको हो । याे खेल अाइतबार बिहान साढे १२ बजे सुरू हुनेछ ।

बार्सिलोनाले यो सिजन लिगमा पराजय व्यहोरेको छैन । बार्सिलोनाले यो सिजनको हालसम्मको खेलमा २३ खेलमा जित, ६ खेलमा बराबरी खेलेर ७५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा ११ अंकले माथि रहेको छ ।

सेभिया भने लिगको छैटौं स्थानमा रहेको छ । सेभियाले लिगको १४ खेलमा जित, ५ खेलमा बराबरी तथा १० खेलमा हार व्यहोरेर ४५ अंक जोडी लिगको छैटौं स्थानमा छ ।

यसअघिको खेलमा बार्सिलोनाको पक्षमा गएको थियो । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले २–१ गोलको विजय हासिल गरेको थियो उक्त खेलको २३ औं तथा ६५ औं मिनेटमा पाको अल्कासरले गोल गरेर टोलीको जित सुनिश्चित गरेको थियो । भने सेभियाको लागि गुइडो पिजारोले ५९ औं मिनेटमा गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here