इटालीबिरुद्ध गोल गरेर इतिहास रच्ने दाउमा मेसी

बार्सा नेपाल । शनिबार बिहान साढ १ बजे (नेपाली समय अनुसार) अर्जेन्टिनाको राष्ट्रिय टिम इटालीबिरुद्ध उत्रदै छ । म्यान्चेस्टर सिटीको घरेलु मैदानमा हुने उक्त खेलमा विश्वकै उत्कृष्ट खेलाडी मेसीले गोल गरेमा उनले १ सय प्रतिद्धन्द्धी बिरुद्ध गोल गरेको रेकर्ड कायम गर्नेछन् ।

मेसीले हालसम्म अर्नेन्टिनाबाट २७ वटा फरक प्रतिद्धन्द्धीबिरुद्ध गोल गरेका छन् भने उनको क्लब बार्सिलोनाबाट ७२ टिमबिरुद्ध गोल गरेका छन् । समग्रमा उनले ९९ प्रतिद्धन्द्धी बिरुद्ध गोल गरिसकेका छन् ।

मेसीले अर्जेन्टिनाबाट मैत्रिपूर्ण खेलमा मात्रै १४ प्रतिद्धन्द्धीबिरुद्ध गोल गरिसकेका छन् । त्यस्तै ला लिगमा ३६ टिमबिरुद्ध र च्याम्पियन्स लिगमा २९ प्रतिद्धन्द्धी बिरुद्ध गोल गरिसकेका छन् ।

मेसीले सबैभन्दा बढी गोल गरेको प्रतिद्धन्द्धी सेभिया हो । उनले सेभियाबिरुद्ध २९ गोल गरिसकेका छन् । जसमध्य ला लिगामा २३ गोल, यूरोपियन सुपर कपमा २ गोल तथा स्पेनिस सुपर कपमा ४ गोल गरेका हुन् ।

त्यस्तै अर्जेन्टिनाबाट उनले ५ वटा देशबिरुद्ध ४ गोल गरेका छन् । ति देशहरुमा ब्राजिल, इक्वेडर, पाराग्वे, यूरुग्वे तथा भेनेजुयला रहेका छन् ।

शनिबार बिहान ठूला अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल हुने (म्याच प्रिभ्यू)

मेसी उत्कृट फुटबलर हो भनेर प्रमाणित गर्न आवश्यक छैनः म्याराडोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here